पछिल्लो २४ घण्टामा ९ सय ८० जनामा कोरोना सक्रमण पुष्टि, क्ल संक्रमित संख्या ४६ हजार २ सय ५७ जना पुग्यो

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  627 पटक हेरिएको

काठमाण्डौं, भदौ २१ ।  

नेपालमा लगातार कोरोना संक्रमित थपिने क्रम जारी छ । देशभर पछिल्लो २४ घण्टामा १० हजार ३ सय ८२ जनामा गरिएको परीक्षणमा ९ सय ८० संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए ।यो सगैँ देशभर कुल संक्रमितको संख्या ४६ हजार २ सय ५७ पुगेको छ ।

त्यस मध्य सक्रिय संक्रमित १७ हजार २७ जना रहेका छन् । ती मध्य संस्थागत आईसोलेसनमा ९ हजार २ सय १ रहेका छन् भने होम आईसोलेसनमा ७ हजार ८ सय २६ जना रहेका छन् । कोरोनाबाट अहिले सम्म २८ हजार ९ सय ४१ जना डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा १८ सय १४ डिस्चार्ज भएका छन् । अब क्वारेन्टाईनमा ४ हजार ७ सय ३ जना रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार