भदौ, बारा २१ ।
बारामा कोरोना बिरुद्ध अग्रपक्तिमा खटिएका प्रहरी जवान मध्ये २९ जना शसस्त्र प्रहरी, १९ जना नेपाल प्रहरी चार जना थुनुवा र ११ जना अन्य गरी ६३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
पतलैयामा रहेको पोष्टका शसस्त्र प्रहरी र सीमरा प्रहरी चौकी र त्यहीका थुनुवामा कोरोना संक्रमण देखिएको छ । लगातार सुरक्षाकर्मी देशभर संक्रमित हुने क्रम बढीरहेको छ ।
उनीहरु सबैको आज रिपोर्ट आएको बाराका स्वास्थ्य कार्यलयका प्रमुख राम नरेश यादवले जानकारी दिए । बारामा पनि लगातार कोरोना संक्रमित बढीरहेका छन् ।