काँकडभिट्टा–इनरूवा रेलमार्गमा भ्रष्टाचार भएको भन्दै कांग्रेस कार्यकर्ताको माईतीघरमा प्रदर्शन

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  802 पटक हेरिएको

काठमाण्डौँ, भदौ २१ ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले काँकडभिट्टा–इनरूवा रेलमार्ग निर्माणमा भ्रष्टाचार भएको भन्दै माइतीघर मण्डलमा प्रदर्शन गरेका छन्। चरम भ्रष्टाचार हुँदा पनि सरकार र सरोकारवाला निकाय मौन रहेकोले छानबिनका लागि दबाब दिन सामाजिक दूरी कायम राखेर प्रदर्शन गरिएको कांग्रेस नेता रञ्जित कर्णले जानकारी दिए।

उनीहरूले हातमा प्लेकार्ड बोकेर मौन प्रदर्शन गरेका थिए। काठमाडौंमा निषेधाज्ञा जारी रहेका बेला उनीहरूले प्रदर्शन गरेका हुन्। सरकार, अख्तियार, सांसद भ्रष्टाचारबारे मौन रहेकोले प्रदर्शन गर्नुपरेको उनीहरूको भनाइ छ।

यस अघि कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि रेलमार्ग ठेक्का प्रक्रियाबारे प्रश्न उठाउँदै छानबिन गर्न माग समेत गरेका थिए।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार