फुकुओका, भाद्र १८ ।
जापानको फुकुओका शहरमा फुकुओका नेपाल सोसाईटिको प्रमुख आयोजना र फुकुओकामा अबस्थित बिभिन्न संघसंस्थाहरुको संयुक्त सह-आयोजनामा फुकुओका तीज फेष्टिबल २०२४ बृहत रुपमा सम्पन्न भएको छ । उत्कृष्ट ब्यबस्थापनका साथ आयोजना गरिएको उक्त कार्यक्रममा नेपालबाट आमन्त्रित चर्चित कलाकार दय रामजी खाँड, समिक्षा अधिकारी र रुपा थापा मगरको साथमा स्थानीय कलाकार तथा सर्जक माधब सिग्देल र पुरुषोत्तम सिग्देलको समेत ब्यजोड प्रस्तेतिका साथ सम्पन्न भएको हो । फुकुओका नेपाल सोसाईटी प्रत्येक बर्ष फुकुओकामा महिलाहरुको महान पर्व हरितालिका तीज पर्वलाई बिषेश रुपमा कलाकारहरुको साथमा मनाउदै आईरहेको छ । कार्यक्रम यहि अगष्ट महिनाको ३१ तारिक फुकुओका शहरस्थित हाकाता सिमिन सेन्टरको हलमा भएको थियो । निर्धारित समय भन्दा केहि समय ढिला गरि शुरु गरिएको कार्यक्रममा ३०० जना भन्दा बढि महिला दिदिबहिनिहरुको सहभागिता रहेको थियो भने बिभिन्न संघसंस्थाको प्रतिनिधित्व गर्दै बिभिन्न ब्यक्तित्वहरुको उपस्तिि समेत रहेको थियो । फुनेसो अध्यक्ष ईन्द्र प्रसाद घलेका अनुसार कार्यक्रमको संचालन तथा समयतालिका पहिले नै सार्वजनिक गरिएकोले सहभागिहरुको उपस्थिति ढिला भएकोले कार्यक्रम संचालनमा अन्यौल सृजना गरेको बताएका थिए ।
फुकुओका तीज फेस्टिबलमा २०२४ मा सहभागि हुन आएका दिदिबहिनिहरु प्रमुख कलाकारहरुको प्रस्तुति बिचबाट रहेकोले सोही अनुसार सहभागि जनाएकोले शुरुवाती समयमा सहभागिहरुको संख्या न्युन भएको जनाएको थियो । फुनेसोद्धारा आयोजित उक्त तिज फेष्टिबल २०२४ को कार्यक्रम भने फुनेसोका सचिब उज्वल बानियाले चलाएका थिए । नेपाली महिलाहरुको महान चाड भएकोले उक्त कार्यक्रममा पनि महिलाहरुलाई नै प्राथमितामा राखेर कार्यक्रमको रुपरेखा तय गरिएको र सोही अनुरुप सम्पन्न गरिएको पनि अध्यक्ष ईन्द्र प्रसाद घलेले भिजन अनलाईन न्युजलाई जानकारी गराउनु भयो । उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा फुनेसोका सल्लाहकार तथा आजिवन सदस्य श्रीमति नितु दाहालको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । कार्यक्रममा बिशिष्ट अतिधिको रुपमा एनआरएनए आईसिसिका पुर्व सहकोषाध्यक्ष तथा फुनेसो आजिवन सदस्य टंक गैरे लगायत फुकुओकामा अबस्थित बिभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा संस्थाका पुर्व बरिष्ठ उपाध्यक्ष तथा संस्थाका सल्लाहकार ललिता तामाङ्गले स्वागत मन्तब्यद्धारा कार्यक्रममा सहभागिहरुलाई स्वागत गरेको थिए । तत्पश्चात स्वागत नृत्य, बिशिष्ठ अतिथि टंक गैरे र प्रमुख अतिथि नितु दाहालद्धारा स्वागत मन्तब्य राखेर कार्यक्रम औपचारिक रुपमा सांस्कृतिक कार्यक्रममा प्रबेश गरिएको थियो । नेपाली चर्चित कलाकारहरुको उपस्थितिमा आयोजित उक्त कार्यक्रममा प्रमुख कलाकारहरुको उपस्थितिमा सहभागि महिला दिदिबहिनिहरुको संयुक्त नृत्यबाट तिजको माहोल तातेको थियो । नेपालबाट आमन्त्रित कलाकार रुपा घर्तिमगरको पस्तुतिबाट तातेको फुकुओका तिज फेष्टिबल २०२४ को माहोल अनबरत रुपमा चर्चित कलाकार समिक्षा अधिकारीको प्रस्तुतिसम्म निरन्तर रुपमा भब्य मनोरञ्जनका साथ सम्पन्न भएको थियो । उक्त कार्यक्रममा कार्यक्रम सफल पार्न आर्थिक तथा मिडिया पाट्नरको रुपमा सहयोग गर्ने सम्पुर्ण बिज्ञापनदाता, कलाकार तथा मिडियाहरुलाई समेत मायाको चिनोद्धारा सम्मान गरेका थिए । उक्त कार्यक्रमका केहि झलकहरु भिजन अनलाईन न्युजको अफिसियर युबट्युब च्यानल भिजन एचडिटिभिमा समेत हेर्न सक्नुहुनेछ ।
फुकुओका तिज फेष्टिबल २०२४ मा गायिका समिक्षा अधिकारीको प्रस्तुतीको झलक भिडियोमा
कार्यक्रमका थप फोटाहरु :-
सम्बन्धित समाचार यो पनि पढ्नुहोस ।