बामदेब गौतमलाई राष्ट्रियसभामा पठाउने नेकपा सचिवालयको निर्णय

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  537 पटक हेरिएको

काठमाडौं, भदौ १८ ।   

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने निर्णय गरेको छ ।

नेकपा सचिवालयको बैठकले राष्ट्रपतिले मनोनित गर्ने खाली एक सिटमा गौतमलाई मनोनयन गर्न सिफारिस गर्ने निर्णय गरेको हो ।

केही दिनदेखि नेकपा भित्र बामदेब र अर्थमन्त्रि युबराज खतीवडा मध्य कसलाई राष्ट्रिय सभामा पठाउने भन्ने बहस चलिरहेको थियो । हिजो मात्र अध्यक्ष प्रचण्ड र ओलि बिच यस विषयमा अनौपचारिक छलफल भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार