उपत्यकामा २१६ सहित ६३४ जनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमित संख्या ३१ हजार ११७ पुग्यो

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  519 पटक हेरिएको

 

काठमाडौं, भदौ ६ ।   

पछिल्लो २४ घण्टामा ६३४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १२५१९ स्वाब परीक्षण गर्दा उपत्यकामा मात्र २१६ जनामा संक्रमण पुष्टि भएको छ । यसमध्ये काठमाडौं जिल्लामा १६० जना, ललितपुरमा ६ र भक्तपुरका ५० जना छन् ।

यससँगै कुल संक्रमितको संख्या ३१ हजार ११७ पुगेको छ । उनीहरुमध्ये १४६ जनाको मृत्यु भएको छ ।

यस्तै १८ हजार ३५० जना निको भइसकेका छन् भने १२ हजार ६२१ संक्रिय संक्रमित छन् । उनीहरुमध्ये ८ हजार ७०५ संस्थागत र अरु होम आइसोलेसनमा छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार