काठमाडौं, भदौ ४ ।
पछिल्लो २४ घण्टामा देशभरमा ७०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ८ सय ३२ जनाको परीक्षण गर्दा ७०७ जनामा संक्रमण पुष्टि भएको हो ।
बिहीबारसम्म संक्रमितको संख्या २९ हजार ६४५ पुगेको छ । तीमध्ये १७ हजार ९६४ जना डिस्चार्ज भएका छन् ।
काठमाडौं उपत्यकामा २०० जना संक्रमित
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ सय जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १७४, ललितपुरमा १८ र भक्तपुरमा ८ जना संक्रमित भेटिएका छन् ।