काठमाण्डौं, साउन ३२ ।
नेपालमा कोरोना संक्रमितको संख्या तिब्र रुपमा बढीरहेको छ । यसै क्रममा आज देशभर ३९ वटा प्रयोगशालामा १२ हजार २ सयको परीक्षण भएकोमा ६ सय ४१ संक्रमित देखा परेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यी मध्य २ सय १८ जना महिला रहेका छन् । योसँगै कुल संक्रमिको संख्या २६ हजार ६६० पुगेको छ।
आज मात्रै एक सय ३४ जना डिस्चार्ज भएका छन् । कोरोना मुक्त भई डिस्चार्ज हुनेको संख्या १७ हजार ३ सय ३५ जना रहेको छ ।
देशभर सक्रिय संक्रमितको संख्या ९ हजार २ सय २१ रहेको छ । त्यो मध्य ८ हजार ७ सय २४ जना आईसोलेसनमा रहेका छन् भने बाँकी होम आईसोलेसनमा रहेका छन् । कोरोनाबाट अहिले सम्म एक सय ४ जनाको मृत्यु भईसकेको सवस्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
उपत्यकामा एकै दिन एक सय ७२ संक्रमित थपिए
लगातार कोरोना संक्रमण बढीरहेको काठमाण्डौं उपत्यकामा आज २४ घण्टामा एक सय ७२ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा काठमाडौँमा १२६, ललितपुरमा ३८ र भक्तपुरमा ८ जना संक्रमित देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
उपत्यकामा निरन्तर संक्रमण बढ्न थाले पछि नाकामा कडाई गरिएको छ भने मानिसहरु पनि केही सचेत हुन थालेका छन् । प्रशासनिक कार्यहरु समेत अत्यावस्यक बाहेक कम भईरहेका छन् ।