कपिलवस्तु, साउन ३१ ।

कपिलवस्तुका एक ४२ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा आज उनको मृत्यु भएको हो । मायादेवी गाउँपालिकाका ४२ वर्षीय रामकुमार चौधरीको कोरोना भाइरस संक्रमणका कारण निधन भएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कुमार थापाले बताए।

स्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि चौधरी तीन दिन अघि बुटवलस्थित प्रादेशिक अस्पताल पुगेका थिए। फोक्सोमा समस्या देखिएका चौधरीको सो अस्पतालको आईसीयुमा उपचार भइरहेको थियो। नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक सय कटेको छ ।





1440 पटक हेरिएको 















