२४ घण्टामा देशभरी ५ सय २५ संक्रमित थपिए, मुलुकभर संक्रमितको संख्या २४ हजार ९ सय ५७ पुग्यो

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  698 पटक हेरिएको

काठमाण्डौं, साउन २९ ।  

नेपालमा निरन्तर कोरोना संक्रमण बढीरहेको छ । आज मात्रै २४ घण्टामा देशभरी ५ सय २५ संक्रमित थपिएका छन् । ३७ वटा प्रयोगशालामा ९ हजार ८ सय ८४ जनामा पिसिआर परीक्षण गर्दा ती संक्रमित देखा परेका हुन् ।

यो सँगै मुलुकभर संक्रमितको संख्या २४ हजार ९ सय ५७ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
कोरोनाका कारण हाल सम्म ९५ जनाको मृत्यु भएको छ भने १६ हजार ८ सय बढी डिस्चार्ज भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार