बुटवलस्थित कोरोना विशेष अस्पतालमा दुई जनाको मृत्यु, एकको कोरोना पुष्टि एकको रिपोर्ट आउन बाँकी

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  792 पटक हेरिएको

तिलोत्तमा , साउन २८ ।  

आज बिहान बुटवलस्थित कोरोना विशेष अस्पतालमा दुई जनाको मृत्यु भएको छ । मृत्यु भएका मध्ये एकजनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ भने अर्का एकको रिर्पोट आउन बाकीँ रहेको अस्पताल स्रोतले जनाएको छ । मृतक दुवै जना कपिलवस्तुको रहेको अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले बताए । थापाका अनुसार मृतकहरु २४ र ४२ वर्षका हुन् ।

साउन २५ गते भर्ना भएका कपिलवस्तुका ४२ वर्षीय पुरुषमा कोरोना पोजिटिभ देखिएको थियो भने २७ गते भर्ना भएका २५ वर्षीय पुरुषको रिपोर्ट आउन बाँकी रहेको अस्पतालका फोकल पर्सन डा।सुदर्शन थापाले बताए ।

सुर्दशन थापाका अनुसार ४२ वर्षीय व्यक्तिको कोरोनाकै कारण बिहान ४ बजे मृत्यु भएको हो । अर्का व्यक्तिको बिहान साढे ३ बजे ज्यान गएको हो । उनलाई श्वासप्रश्वासमा समस्या, खोकी लाग्ने, ज्वरो आउनेजस्ता लक्षण थिए । किड्नीमा समस्या रहेका ती व्यक्ति केही महिनाअघि भारतमा पनि उपचार गराएर आएको थापाले बताए । दुवै जनालाई भेन्टिलेटरमा राखेर उपचार गरिँदै थियो ।

लकडाउन खुलेपछि नेपालमा कोरोना संक्रमण तिब्र रुपमा फैलिएको बिज्ञहरुको आकलन छ । लकडाउन खुलेसँगै काठमाण्डौँ उपत्यकामा संक्रमण ब्यापक देखिएको छ । प्रति दिन १ जनाको कोरोना संक्रमणका कारण निधन हुँदै आएको छ आज पनि ललितपुर पाटन हस्पिटलमा एक संक्रमणको निधन भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार