वीरगञ्जमा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु, कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७६ पुग्यो

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  1024 पटक हेरिएको

वीरगञ्ज, साउन २६ । 

प्रदेश २ स्थित वीरगञ्जमा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगञ्ज महानगरपालिका वडा नं. १५ भेडीयाहीकी ४५ वर्षीय महिला रहेकी छन् ।महिलामा मृत्युपछि कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

उनको मृत्यु पश्चात कोरोना परिक्षणका लागि स्वाब जम्मा गरेर नारायणी अस्पतालको प्रयोशाला पठाईएको थियो । सोमबार नारायणी अस्पतालकको प्रयोगशालाले सार्वजनिक गरेको कोरोना पुष्टि भएका व्यक्तिहरुको नामावालीमा उनको नाम पनि रहेको छ ।

महिलाको नारायणी अस्थायी कोभिड विशेष अस्पताल गण्डकमा उपचारको क्रममा मृत्यु भएको अस्पतालका इन्चार्ज डा. उदय नारायण सिंहले बताए । उच्च रक्तचाप र हाइपोथाइराइडबाट सङ्क्रमित महिलालाई कोरोनाको शङ्कामा आइतबार गण्डक अस्पतालमा भर्ना गरिएको थियो ।

अस्पतालको आइसीयु कक्षमा उपचार गर्दा गर्दै उनको मृत्यु भएको डा. सिंहले बताए । उनले मृतक महिलालाई बचाउन आफुहरुले हरेक कोशिस गरेरपनि असफल भएको भन्दै दु:ख व्यक्त गरे ।

मृतक महिलाको शव अहिले पनि कोभिड अस्पतालमा रहेको छ । उनको शव व्यवस्थापनको जिम्मा नेपाली सेनालाई दिइएको डा. सिंहले जानकारी दिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार