म्याग्दी, साउन १४ ।
अवीरल वर्षाका कारण म्याग्दीको मराङ गाउँपालिकामा गएको पहिरोमा परि २० घर पुर्ण रुपमा पुरिएको छ। पहिरोका कारण हराइरहेका १९ जनाको शव भेटाइसकिएको छ र अन्त्यष्टी पनि गरिएको छ। भने दुई जना अझै बेपत्ता छन् । उनिहरुको खोजीकार्य जारी छ । २८० भन्दा बढी घर धुरीहरु विस्थापितको अवस्थामा छ। पहिरोमा परेका र जोखिममा रहेकाहरुलाइ अन्यत्र स्थानान्तरण गरि सामुहिक मेस संचालन गरिएको छ।
समाजसेवी नारायण जिसि र ओम कुमारी शान्ति कोष दुवैको सयुक्त खर्चबाट बाढी पहिरोका घाईतेलाई तत्काल हेलिकप्टर मार्फत उद्दार गरेका थिए । उनिहरुले राहत सामाग्री पनि सहयोग गरेका छन् । त्यस्तै म्याग्दी, मालिका गाउँपालिका–७ बिमको अवस्था पनि उस्तै छ । बस्ती पहिरोसँगै बगेपछि ८ जना बेपत्ता भएकोमा ७ जनाको शव भेटिएको छ भने १ अझै हराइरहेका छन् । भने मालिका–७ बिममा १ सय ५० जना पहिरोको उच्च जोखिममा छन्।
जिल्लाका विभिन्न स्थान बस्ती माथि र तलबाट जाने पहिरोको उच्च जोखिममा रहेका छन् । बेनि नगरपालिका क्यापसचोकमा पनि अबिरल बर्षाकारण हिलाम्य भएको छ त्यस्तै गरि बेनि नगरपालिका ४ सुर्केमेलामा पनि पहिरोको कारण १४ घरधुरी अति जोखिम भएकाले अन्यत्र सुरक्षीत स्थानमा सारिसकेको छ ।