कोरोना संक्रमणबाट बीरगन्जमा एक बृद्धको निधन, कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४४ पुग्यो

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  514 पटक हेरिएको

वीरगञ्ज, साउन ९ ।  

वीरगञ्जमा कोरोना संक्रमित एक वृद्धाको मृत्यु भएको छ । गण्डक कोभिड अस्पतालमा उपचारको क्रममा वीरगञ्ज महानगरपालिका–११ की ८५ वर्षीया वृद्धाको शुक्रबार बिहान मृत्यु भएको अस्पतालका कोओर्डिनेटर डा. उदयनारायण सिंहले जानकारी दिए । डा. सिंहका अनुसार निज कारोना बाहेक मुटुका रोगी पनि थिइन् ।

केही दिनअघि निमोनिया भएर उनी वीरगञ्जमा रहेको एडभान्स अस्पतालमा उपचारको क्रममा भर्ना भएकी थिइन् । साउन ७ गते कोरोना संक्रमण पुष्टि भएपछि उनलाई बिहीबार गण्डक अस्पतालमा ल्याइएको थियो । योसँगै नेपालमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या ४४ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार