त्रिविका सबै क्याम्पसहरु आजदेखि सुचारु, भदौँ ७ बाट स्थगित परीक्षा संचालन हुने

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  594 पटक हेरिएको

काठमाडौँ, साउन ७ ।  

त्रिभुवन विश्वविद्यालय मातहतका क्याम्पसहरु आजदेखि खुलेका छन् । सरकारले मंगलवार मध्यरातिदेखि लकडाउन खुल्ला गरेसँगै त्रिवि मातहतका सबै क्याम्पसहरु खुल्ला भएका हुन् ।

सरकारले जारी गरेको सुरक्षा निर्देशिकालाई कार्यान्वयन गर्दै क्याम्पस सञ्चालनमा ल्याउने निर्णय विश्वविद्यालयले गरेको हो । यसैबीच, विश्वविद्यालयले कोरोना भाइरसका कारण स्थगित परीक्षा पनि यहि भदौँ ७ गतेबाट सुचारु गर्ने निर्णय गरेको छ । त्रिविका रजिष्ट्रार प्रा. पेशल दाहालले स्थगित परीक्षा दशै सक्ने र दशैपछि अन्य नियमित परीक्षा गर्ने जानकारी दिनुभयो ।

क्याम्पसहरु खुलेसँगै विश्वविद्यालयले विदामा बसेका प्राध्यापकहरुलाई पनि बोलाउने निर्णय गरेको छ । विश्वविद्यालयका प्राध्यापकहरुलाई दिइएको विदा समेत सकिएको र अव क्याम्पसमा हाजिर हुनुपर्ने भएको छ । क्याम्पसमा नियमित पठनपाठन र परीक्षा बाहेक अन्य गतिविधि नियमित गरिने भएकोले विश्वविद्यालयका प्राध्यापकहरुलाई पनि बोलाइएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार