एमालेको स्थायी कमिटी र संसदीय दलको बैठक बस्दै, नेपाल पक्षलाई पनि बैठकमा सहभागि हुन निमन्त्रणा

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  75 पटक हेरिएको

काठमाडौं, साउन १ ।  

एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच कटुता बढिरहेको बेला नेकपा एमालेको स्थायी कमिटी र संसदीय दलको बैठक आज बस्दैछ । यो बैठक एमाले सरकारबाट बाहिरेपछिको पहिलो बैठक हो । यस बैठकलाई बिषेश रुपले हेरिएको छ । अबको नेकपा एमालेको राजनितिक रणनिति र पार्टी भित्र अध्यक्ष ओलिको भुमिका कस्तो रहन्छ आगामी दिनमा सरकार प्रति कस्तो भूमिकामा रहने भन्ने जस्ता महत्वपुर्ण निर्देशनहरु आज हुने आकलन गरिएको उक्त बैठकमा माधब नेपालका नेताहरुको सहभागितामा भने अन्योलता नै रहेको प्रतिक्रियाहरु आएको छ ।

स्थायी कमिटीको बैठक बिहान ११ बजे ललितपुरस्थित तुलसीलाल प्रतिष्ठानमा बोलाइएको छ । त्यसपछि दिउँसो तीन बजे संसद भवनको ल्होत्से हलमा संसदीय दलको बैठक बस्ने छ । एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले बैठकमा माधव नेपाल पक्षका नेताहरुलाई पनि बोलाइएको जानकारी दिए । यद्यपि नेपाल पक्षका नेताहरु बैठकमा जाने कि नजाने भन्ने टुंगो लागिसकेको छैन ।

अध्यक्ष ओलीले नेपालसँग सल्लाह नै नगरी एकपक्षीय रुपले बैठक बोलाएको आरोप नेपाल पक्षका नेताहरुले लगाएका छन् । एकपक्षीय रुपमा बोलाइएको बैठकमा सहभागी हुन नहुने नेपाल पक्षका केही नेताहरुको मत छ । नेपाल पक्षका नेता एवम् एमाले उपाध्यक्ष युवराज ज्ञवालीले स्थायी कमिटीको बैठकमा सहभागी नहुने बताए ।

एमालेभित्रको विवादलाई समाधान गर्ने उद्देश्यले दुवै पक्षका नेताहरु सम्मिलित कार्यदलले १० बुँदे सहमति गरेको थियो । तर बालुवाटारस्थित सरकारी निवासबाट बाहिरिएलगत्तै ओलीले नेपाललाई ‘गद्दार’ रहेको र त्यस्ता प्रबिद्धिका ब्यक्ति एमाले नअट्ने प्रतिक्रिया दिएपछि एमालेको उक्त १० बुँदे सहमति पनि संकटमा परेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार