पुर्व राष्ट्रपति  डोनाल्ड ट्रम्पमाथि गोली प्रहार

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  423 पटक हेरिएको

काठमाडौं, असार ३०।

अमेरिकाको राष्ट्रपति चुनाव प्रचारमा रहेका पुर्व राष्ट्रपति  डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको छ । गोली लागे पनि उनी सुरक्षित रहेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् ।

घटनास्थलको तस्वीरहरुमा ट्रम्पको काननेरबाट गालासम्म रगत बगेको देखिन्छ । उनलाई सुरक्षा टोलीले त्यहाँबाट अस्पताल पुर्‍याएका थिए । पेन्सिलभेनियाको ग्रेटर पिट्सबर्ग क्षेत्रको बटलर काउन्टीमा चुनावी र्‍याली गरिरहेका बेला ट्रम्पमाथि गोली प्रहार भएको थियो ।

प्रत्यक्षदर्शीका अनुसार उनीमाथि करिब ३०० यार्ड परबाट राइफलबाट गोली हानिएको थियो । त्यसक्रममा गोली चलेका थुप्रै आवाजहरु सुनिएको थियो । ट्रम्पलाई गोलि प्रहारसंगै सहभागीहरुमा भागदौड़ मचेको थियो । उक्त घटनामा संलग्न २० बर्षे आक्रमणकारी सुरक्षाकर्मीको जवाफी कारबाहीमा निधन भएको छ भने उक्त घटनामा अर्का एक सर्वसाधारणको पनि निधन भएको अन्तराष्ट्रिय संचार माध्यमले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार