एनआरएनए जापान क्षेत्रिय समिति नागोयाको बिबाद समाधान, संरक्षकमा गंगा घर्तिमगर र संयोजकमा मनोज बम मल्ल चयन

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  774 पटक हेरिएको

जापान, असार २९ ।  

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद जापानको नागोया क्षेत्रिय कार्यसमितिको अधिबेशनमा देखा परेका गम्भिर असन्तुष्टिका कारण सृजित समस्यालाई समाधानका लागि आएको तिब्र दबाबका कारण नागोयामा रहेका एनआरएनएका अग्रजहरुको पहल र सक्रिएतामा बिबाद मिलाउने पहल भएको छ । सोही बमोजिम हिजो भएको अन्तिम प्रयासबाट एनआरएनए जापान क्षेत्रिय कार्यसमितिलाई समायोजित गरी नयाँ र बृहत कार्यसमिति गठन गरेको छ । NRNA नागोया क्षेत्रिय समितीको २०२१-२०२३ को लागी कार्यसमितीलाईं अझ समायोजित गर्न हिजो NRNA एसिया प्यासिफिकको संयोजक गोबिन्द श्रेष्ठ, NRNA एसिया प्यासिफिकका उप-संयोजक पारस मणि पोखरेल, NRNA NCC जापानका क्षेत्रिय उपाध्यक्ष दिपक कार्की, NRNA NCC जापानका पूर्व सचिब सरोज कंडेल र नागोया क्षेत्रिय समितिका निबर्तमान संयोजक श्याम शितलको उपस्थितिमा यस अनुरुप नयॉं सदस्यहरूलाई समावेश गरीएको भिजन अनलाईनलाई जानकारी गराउनु भयो ।

पछिल्लो समय नागोया क्षेत्रिय कार्यसमितिमा देखिएको असन्तुष्टि र सोबाट सृजित जटिल परिस्थितिले गर्दा एनआरएनए जापानको राष्ट्रिय महाधिबेशनलाई असर पर्ने देखिएकोले नजिकिदै आएको एनआरएनए जापानको आशन्न महाधिबेशनलाई ध्यानमा राखि नागोयामा देखिएको बिबादलाई मिलाई दुबै कमिटिको सहभागि रहने गरि नयाँ कार्यसमिति बनाएको निवर्तमान क्षेत्रिय संयोजक श्याम सितल ज्युले जानकारी गराउनु भयो । नागोया क्षेत्रिय समितिमा देखिएको गंगा घर्तिमगरको कार्यसमिति र मनोज बममल्लको नेतृत्वमा रहेको कार्यसमितिलाई सकेसम्म दुबै पक्षको भावनालाई सम्बोधन हुने गरी समायोजन गरी नयाँ कार्यसमिति गठन गरिएको जनाएको छ ।

भिजन अनलाईन न्युजको बिधान सम्मत भएन नि भन्ने प्रश्नमा निबर्तमान संयोजक श्याम सितल ज्युले एनआरएनए जापानको बिधानलाई आत्मसाथ गर्दै कार्यसमिति गठन प्रयास भए पनि त्यो सम्भब नभएको प्रतिक्रिया दिएका हुन । अहिले तत्काललाई बिबाद मिलाई एनआरएन प्रतिको लगाब र ईच्छाशक्तिलाई सम्बोधन गर्नुपर्ने भएकोले जारी बिबादलाई मिलाउदै एनआरएनए अभियान्तालाई एकढिक्का बनाउन सफल भएको प्रतिक्रिया दिएका छन । उक्त सहमति जुटाउन पनि धेरै छलफल र प्रयास गर्नु परेको र सोको नतिजा स्वरुप एनआरएनए नागोया बिबाद समाधान गर्न एनआरएनए नागोया परिवार सफल भएको जनाउनु भयो । गंगा बहादुर घर्तिमगरको संरक्षक र मनोज बम मल्ल संयोजक रहने गरि नयाँ कार्यसमिति बिस्तार गरिएको हो ।

एनआरएनए नागोया नया कार्यसमिती 

संरक्षक:- गंगा बहादुर घर्तिमगर
संयोजक:- मनोज बम मल्ल
उप संयोजक:- भेषनाथ गौतम
उप संयोजक:- योमन देवान
उप संयोजक:- भैरब अधिकारी
महिला संयोजक:- सबित्रा गुरुङ
सचिब:- बिष्णु ब कार्की
राम कुमार थापा

सह सचिब:- निलम राउत
प्रवण पाण्डे
बिनोद सापकोटा
शिव प्र न्यौपाने
कोषाध्यक्ष:- यम बहादुर पाईजा
सह कोषाध्यक्ष:- सरोज बडाल
गोबिन्द भूषाल

सदस्यहरु

१. कुशल पौडेल
२. रमेश श्रेष्ठ
३. मित्रलाल सिग्देल
४. दल ब कार्की
५. भानु पुरी
६. सुजन कार्की (बिधार्थी)
७. सञ्जय मेन्दोला
८. चिना रोक्का
९. सन्तोषी गुरुङ
१०. रुपेश पुन
११. सागर बगाली थापा
१२. लक्ष्मी गुरुङ
१३. इश्वर बस्नेत
१४. मनोज ढुंगाना
१५. गोबिन्द रिजाल
१६. बिकास आले
१७. बिकास राना

एनआरएन नागोया क्षेत्रिय कार्यसमितिमा देखिएको तिब्र असन्तुष्टि र अभियान्ता ध्रुसबकरणले एनआरएनए जापानलाई समेत अफ्टेरोमा पारेको थियो । एकले अर्कोलाई निषेध र बिरोध गर्ने परिपाटीलाई अभियानलाई नै प्रभाब पार्ने देखिएकोले यसलाई समाधान गर्नु अनिवार्य थियो । सो समस्या समाधानका लागि नागोयामा रहेका १४ नेपाली संघसंस्थाहरुले संयुक्त बिज्ञप्ति जारी गरी समस्या समाधानका लागि आबश्यक पहल गर्न एनआरएनए जापानलाई अपिल समेत गरेका थिए । सामाजिक संजालमा समेत तिब्र बिरोध भएपछि नागोयामा कर्मभुमि बस्ने अग्रज एनआरएनए अभियान्ताहरुको सक्रिएतामा उक्त समस्या समाधान गर्न सफल भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार