देशभर उच्च वर्षासहित आएको बाढ़ी र पहिरोका कारण ३१ जनाको निधन, दर्जनौ घाईते तथा बेपत्ता

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  671 पटक हेरिएको

काठमांडौ, असार २६ । 

बेनि-जोमसोम सडकखण्ड अन्तर्गत म्याग्दीको बेनी नगरपालिका-९ गलेश्वर र रघुगङ्गा गाउँपालिका-३ राहुघाटको सिमानास्थित रघुगङ्गा नदीमाथिको पुल

हिजो रातिदेखि परेको अविरल वर्षासँगै आएको बाढी-पहिरोले देशभरि जनधनको ठूलो क्षति पूर्याएको छ। शुक्रबार बिहानसम्म ३१ जनाको मृत्यु, दर्जनौं घाइते र बेपत्ता भएका छन्। गृह मन्त्रालयको राष्ट्रिय आपतालीन कार्यसञ्चालन केन्द्रका अनुसार म्याग्दीको धौलागिरी र मालिका गाउँपालिकामा आएको पहिरोमा परी १० जनाको मृत्यु भएको छ भने १२ जना बेपत्ता छन्।

लमजुङको वेशीसहर नगरपालिका-७ मा आएको पहिरोमा परी  तीन जनाको मृत्यु भएको छ भने तीन जनता घाइते भएका छन्। कास्कीका विभिन्न स्थानमा गएको पहिरोमा परी ७ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्। पर्वतको दुर्लुङमा गएको पहिरोमा परी ९ जनाको मृत्यु भएको छ।

रूकुम पश्चिमको आठबिसकोट- ३मा आएको पहिरोमा परी २ जनाको मृत्यु भएको छ भने १ घाइते भएका छन्। पहिरोले ठाउँ ठाउँमा पहिरो गएपछि राजमार्गहरू अवरूद्ध भएका छन्। पृथ्वी राजमार्गको धादिङ बेनीघाटमा पहिरो आएपछि राजमार्ग अवरूद्ध भएको केन्द्रले जनाएको छ।

बेनि-जोमसोम सडकखण्ड अन्तर्गत म्याग्दीको बेनी नगरपालिका-९ गलेश्वर र रघुगङ्गा गाउँपालिका-३ राहुघाटको सिमानास्थित रघुगङ्गा नदीमाथिको पुलमा बाढीले क्षति पुर्‍याएको छ । बाढ़ीका कारण उक्त पुल पूर्ण रूपमा भत्कीएको छ । उक्त पुल भत्कीदा बेनि-जोमसोम सडकखण्ड अबरुद्ध भएको छ ।

त्यस्तै जाजरकोटको बारेकोट गाउँपालिका-४, जिरीमा गएको पहिरोमा पाहुना लाग्न पुगेका समेत उक्त पहिरोमा परी बेपत्ता भएका छन्।  पहिरोले बारेकोट-४, जिरीको सार्कीकोटका दुई घर पूर्ण रूपमा बगाएको छ भने तीनवटा घर आधा पुरेको बारेकोटबाट पत्रकार तीर्थ बोहराले बताएका छन्। उनले गाउँमा नेटवर्कको समस्या भएका कारण आफू जुम्लाको सिमाना नजिक पुगेर फोन गरेको बताएका जाजरकोटका पत्रकार दीपबहादुर घर्तीले बताए। बोहराको फोनपछि आफूले घटनाबारे प्रहरीलाई जानकारी गराएको पत्रकार घर्तीले बताए।

जाजरकोटका डीएसपी किशोरकुमार श्रेष्ठले घटनाको पुष्टि गर्दै प्रहरीका चारवटा एकाइबाट टोली परिचालन भएको बताए। उनका अनुसार क्षतिको यकिन विवरण आएको छैन। फोनको नेटवर्कमा समस्या हुँदा घटनास्थल पुगेको टोलीसँग सम्पर्क हुन नसकेको डीएसपी श्रेष्ठले बताए।

बाढ़ी पहिरोका थप फोटोहरू 

जाजरकोट पहिरो

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार