पछिल्लो २४ घण्टामा २ सय ९३ संक्रमित थपियो, कुल संक्रमितको संख्या १५ हजार ७ सय ८४ पुग्यो

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  625 पटक हेरिएको

काठमाडौं, असार २१ ।  

आइतबार कोरोनाका २ सय ९३ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विगत २४ घण्टामा २ सय ९३ जना संक्रमित थपिएको जानकारी दिए। यीसहित मुलुकभर हालसम्म संक्रमितको संख्या १५ हजार ७ सय ८४ पुगेको छ। नेपालमा निरन्तर कोरोना संक्रमित थपिने क्रम जारी छ । यस क्रममा आज देशभरका २५ वटा प्रयोगशालामा भएका चार हजार सात सय १० जनाको पीसीआर परीक्षणका क्रममा २ सय ९३ संक्रमित फेला परेका छन् ।

त्यस्तै यस अवधिमा १ सय ३२ जना कोरोनाबाट मुक्त भएका छन्। यीसहित हालसम्म ६ हजार ५ सय ४७ जना कोरोनाबाट निको भई घर फर्किएका छन्। पछिल्लो २४ घण्टामा २५ प्रयोगशालामा ४ हजार ७ सय १० जनाको पिसिआर परीक्षण भएको छ। यीसहित हालसम्म साढे २ लाख बढीको पिसिआर परीक्षण भएको छ।

हालसम्म मृतक ३४ जनामा कोरोना पुष्टि भएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार