कञ्चनपुरमा प्रेमिकासंगै नहरमा हाम फालेका प्रेमी झन्डै २२ घण्टापछि मृत फेला

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  505 पटक हेरिएको

कञ्चनपुर, असार २० ।

कञ्चनपुरमा प्रेमिकासंगै नहरमा हाम फालेका प्रेमी झन्डै २२ घण्टापछि मृत फेला परेका छन् । शुक्रबार भीमदत्त नगरपालिका–१ भाँसी स्थित नहरमा भीमदत्त ९२ महुलीयाकी रेनु चौधरी (प्रेमिका) संगै हाम फालेका सो नगरपालिका –२ उल्टाखामका २३ वर्षीया राकेश चौधरी (प्रेमि) हामफालेको स्थान बाट १ सय मिटर तल मृत अवस्थामा फेला परेको कञ्चनपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता अमर थापाले बताए ।

प्रेमिका रेनु चौधरी लाई हिजो नै सकुशल उद्धार गरि महाकाली अस्पतालमा उपचार भएको र प्रेमिका संगै नहरमा हाम फालेका प्रेमी बेपत्ता रहेका थिए। मृतक राकेश नेपाली सेना दिपायलमा कार्यरत थिए । उनी एक हप्ता अघि मात्र बिदामा घर आएका थिए । मृत्युको कारण भने खुल्न सकेको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार