काठमाडौँ, असार १७ ।
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको दुवै पदबाट राजीनामा माग्ने अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूह थप रणनीति निर्माणमा जुटेको छ । पार्टीभित्रको अन्तरबिरोध चरम सीमामा पुगेको नेकपा भित्र तिव्र शक्ति संघर्ष चलीरहेको छ । पार्टी अध्यक्ष प्रचण्डमात्र नभई यतिबेला नेकपाका अधिकांश शीर्ष नेताहरू प्रधानमन्त्रि के.पि ओलि प्रति रुष्ट छन ।
बुधबार विहान आफूनिकट मन्त्रीसँग प्रधानमन्त्री ओलिले छलफल गरेपछि आफ्नो आगामी रणनीति बनाउन प्रचण्ड नेपालसमूहबीच पनि यतिबेला ललितपुरस्थित झम्सीखेलको एक होटेलमा आन्तरिक बैठक जारी छ ।
ललितपुरको एक होटलमा करिब एक घण्टादेखि जारी भेलामा अध्यक्ष दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल र नेपाल, उपाध्यक्ष बामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत समूहका स्थायी कमिटी सदस्यहरु भेलामा सहभागि छन् ।