कांग्रेस पदाधिकारी बैठक बस्दै, क्रियाशील सदस्यताबारे छलफल गरी मापदण्ड तय गर्ने

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  394 पटक हेरिएको

काठमाडौं, असार १३ ।

नेपाली काग्रेसको महाधिबेशनले पछिल्लो राजनिति तातेको छ । पार्टी नेतृत्वमा आकांक्षीहरु बढेसँगै पार्टीभित्र छलफल तिब्र चलेको छ । नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले मापदण्ड बनाउन नसकेपछि त्यसको जिम्मा पदाधिकारीलाई नै दिने तयारी भएको जनाएको छ । त्यसबारे छलफल गर्न छानविन समितिका सदस्यहरु सहित आज पदाधिकारी बैठक बस्दै छ ।

बैठक दिउँसो दुई बजे पार्टी कार्यालय सानेपामा बोलाइएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले महाधिवेशनबारे छलफल गर्न पदाधिकारी बैठक बोलाइएको जानकारी दिए । कांग्रेसले भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा १४ औं महाधिवेशन गर्ने गरी कार्यतालिका अनुमोदन गरिसकेको छ । महाधिवेशनका लागि दुई महिना बाँकी भए पनि क्रियाशील सदस्यता विवाद टुङ्गिएको छैन। रमेश लेखक नेतृत्वको क्रियाशील सदस्यता छानविन समितिले उजुरीमाथि छानविन गरिरहेको छ । आजको पदाधिकारी बैठक क्रियाशील सदस्यता छिटो टुंग्याउनेबारे केन्द्रित हुने छ ।

समितिलाई सदस्यता टुङ्ग्याउन असार २० गतेसम्मको समय दिइएको छ । तर समितिले मापदण्ड बनाउन नसक्दा नयाँ सदस्यको हकमा आएका उजुरीमाथि काम गर्न सकेको छैन । समितिले अति विवादित जिल्लाको हकमा पदाधिकारीलाई नै निर्णय गर्ने जिम्मा दिने तयारी गरेको छ । क्रियाशील सदस्यता छानबिन समितिका एक सदस्य योगेन्द्र चौधरीले भने, ‘पुरानाको हकमा विवाद नभए पनि अन्य पार्टीबाट आएकाहरुको हकमा मापदण्ड कसरी निर्धारण गर्ने भन्ने समस्या देखिएको जनाएको छ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार