कुश्मा पहिरोमा परी ज्यान गुमाऊनेको संख्या ५ पुग्यो, ४ जना अझै बेपत्ता खोजी कार्य जारी

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  1034 पटक हेरिएको

पर्वत, जेठ ३२ ।   

पर्वतको कुश्मा नगरपालिका–३ मा गएराति गएको पहिरोमा परेर मृत्यु हुनेको संख्या ५ पुगेको छ । आइतबार बिहान थप दुई जनाको शव भेटिएसँगै मृत्यु हुनेको संख्या ५ पुगेको हो । जिल्ला प्रहरी कार्यालय, पर्वतका प्रहरी निरीक्षक बुद्धि सुवेदीले थप दुई जनाको शव भेटिएको बताए ।

मृत्यु हुनेमा ५५ वर्षीय तुलबहादुर थापा, ५१ वर्षीय मिनकुमारी थापा, ८ वर्षीया विवसा थापा, ३० वर्षीया दिपा थापा र ३५ वर्षीया कमला बिक छन् । घटनामा थप चार जना बेपत्ता छन् । बेपत्ता हुनेमा १४ वर्षीय सम्राट थापा, १६ वर्षीय विवेक थापा, १३ वर्षीय जेनिस बिक र ७ वर्षीय प्रनिस बिक छन् ।

बेपत्ताकाे खोजी कार्यमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालित भएको छ । सशस्त्र प्रहरी बलको २५ नम्बर चण्डिका गणबाट सशस्त्र प्रहरी निरीक्षक शुसान्त थापाको टोली घटनास्थलमा पुगेको छ । हाल ऊद्दारकार्य जारी रहेको र बेपत्ताको खोजी भईरहेको घटनास्थलमा खटीएका प्रहरीले जानकारी गराए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार