प्रतिनिधि सभाको आजको बैठकमा सरिता गिरीको संशोधन विरुद्धको प्रस्ताव खारेज गर्दै बोल्न पनि निषेध गरियो

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  783 पटक हेरिएको

काठमाण्डौं, जेठ ३१ ।   

सीमाको बिषयमा विवादीत अभिव्यक्ति दिएर सर्वत्र विरोधको सामना गरीरहेकी समाजबादी पार्टीका नेत्री सांसद सरीता गिरीलाई सभामुखले शुरुमा प्रचण्डलाई बोलाए पनि उनी आउदा नआउदै फेरी गिरीलाई के छ राख्नुस् त भनेका मात्रै के थिए । पार्टीको निर्देशन समेत नमानेका सांसद गिरीले संसद बैठक शुरू हुदा अन्य सांसदको बिरोधका कारण निजको संबिधान संशोधनको बिपक्ष वा विरूद्ध दायर निबेदन समेत खारेज गरीदिएको थियो ।

सदनमा अधिकाश सासदहरुले बोल्न दिन नपाईने भन्दै होहल्ला गरे पछि बीचमै सभामुख अग्नी सापकोटाले रुलिङ गर्दै सरीता गिरीलाई माईक समातेर उभिए पनि बोल्ने मौका दिएनन् ।

गिरीले संसोधन प्रस्ताव फिर्ता नलिए पछि सभामुखले उक्त प्रस्ताब अस्वीकृत भएको जानकारी दिए । बोल्न नपाए पछि गिरी संसद बैठक छोडेर हिडेकी छन् । त्यस पछि प्रचण्डलाई बोल्न दिईएको छ र अहिले उनको मन्तव्य जारी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार