काठमाडौं, जेठ ९ ।
शुक्रबार विहान थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएकोछ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ८७ पुगेको छ । राष्ट्रिय जनस्वस्थ्य प्रयोगशाला काठमांडौ र भरतपुर अस्पताल, चितवनमा गरीएको परीक्षण अनुसार नया संक्रमित पुष्टि भएको स्वास्थ्य मन्त्रालयले विज्ञप्ति मार्फत जानकारी गराएको हो । हाल सबै संक्रमितहरू स्वास्थ्यकर्मीको सम्पर्कमा आएको र सबैको स्वास्थ्य अबस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयको प्रेस विज्ञप्ति