काठमाण्डौं, जेष्ठ ७ ।
नेपालमा कोरोना संक्रमणबाट अर्को दुखदः मृत्यु भएको छ । गुल्मीका शिक्षक कोरोना संक्रमित भएको पुष्टी भए पछि बुटवल मणिग्रामको क्रीमसन अस्पतालमा उपचाररत थिए ।
उनलाई भेन्टिलेटरको सहायतामा आईसीयुमा राखेर उपचार हुदै थियो । नीजको आज उपचारको क्रममा निधन भएको प्रदेश ५ को सामाजिक विकास मन्त्रालय स्रोतले जनाएको छ । यो सगैँ नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ ।
यस अघि सिन्धुपालचोककी सुत्केरी र बाँकेको क्वारेन्टाईनमा रहेको युवाको उपचार हुनु अघि नै कोरोनाले मृत्यु भएको थियो । सघन कक्षमा भ्यान्टिलेटरमा राखेर उपचार हुदा हुदै गुल्मीका शिक्षकको आज मृत्यु भएको हो । यस अघिका दुई जना उपचार पाउनु अघि नै मृत्यु भएका थिए । निज शिक्षकलाई स्वासप्रस्वासमा समस्या देखिएपछि भ्यान्टिलेटरमा राखि उपचार गरिएको थियो निज भाईरस लागे पछि भेन्टिलेटरमा राखिएका पहिलो बिरामी समेत थिए ।
गुल्मीको मदाने गाउँपालिका पुर्कोट घर भएका उनी गत जेठ १ गते ज्वरो आउने र रुघाखोकी लाग्ने भएपछि निजलाई अस्पतालमा भर्ना भएका थिए ।