काठमाडौं, जेठ ४ ।
नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाँकेका २५ वर्षीय युवकको कोरोना संक्रमणबाट मृत्यु भएको हो । भारतको मुम्बइबाट आएका बाँके नरैनापुर–५ का ती युवक क्वारेन्टाइनमा बस्दै आएका थिए । शनिबार रातिदेखि स्वास्थ्यमा समस्या देखिएका उनको आज बिहानै मृत्यु भएको हो ।
उनको मृत्युपश्चात गरिएको स्वाब परीक्षणमा रिपोर्ट पोजेटिभ आएको मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले कोभिड-१९ को प्रेस मिटको क्रममा जानकारी दिनुभयो । याे सँगै नेपालमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या २ जना पुगेकाे छ ।