सप्तरीमा थप १ युवामा पनि कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १२१ पुग्यो

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  626 पटक हेरिएको

vision-online-advertise

सप्तरी, बैशाख २९ ।

सोमबार एकैदिन ११ जना कोरोनाभाइरसको संक्रमित थपिएका छन्। बिहान मात्र कपिलवस्तुका १० जना व्यक्तिमा संक्रमण देखिँदा दिउँसो थप एक जना व्यक्तिमा संक्रमण देखिएको हो।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीका अनुसार नयाँ संक्रमित युवक सप्तरीका हुन्। १८ वर्षीय युवक डाक्नेश्वरी नगरपालिका-३ का बासिन्दा हुन्। उनको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ। धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा युवकमा संक्रमण पुष्टि भएको हो।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १२१ पुगेको छ भने ३३ जना उपचारपछि घर फर्किसकेका छन्। तीमध्ये पनि तीन जनामा संक्रमण देखिएपछि उनीहरूको उपचार भइरहेको छ।

मन्त्रालयबाट जारी बिज्ञप्ति

vision-online-advertise

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार