काठमाण्डौँ, बैशाख १४ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो प्रेस बिज्ञप्ति अनुसार नेपालमा २ जना थप कोरोना संक्रमित फेला परेको जनाएको छ। स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा. समिर कुमार अधिकारीले आईतबार प्रेस बिज्ञप्ति जारी गर्दै पर्सा, बिरगन्ज निबासी दुई ५० वर्षीय पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएसंगै नेपालमा कुल संक्रमितको संख्या ५१ कायम रहेको र थप संक्रमित फेला नपरेको जानकारी दिएका छन्।
विराटनगरमा ३० जना, वीरगञ्जमा ७ जना, धनगढीमा र भरतपुरमा एक–एकजनासहित ३९ जना कोरोना संक्रमित उपचारको क्रममा रहेका छन्। ती सबैको स्वास्थ्यस्थिति सामान्य रहेको उनले बताए। सह–प्रवक्ता अधिकारीका अनुसार कोरोना संक्रमणलाई जितेर घर फर्कनेको संख्या बढ्दो छ। शनिबार भरतपुर अस्पतालमा उपचारको क्रममा रहेका २७ बर्षीया पुरुषको दुई पटक पीसीआर नमुना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १२ पुगेको हो।
हिजो धौलागिरी प्रादेशिक अस्पताल बाग्लुङमा उपचाररत १९ वर्षीया युवती रोगमुक्त भएर घर फर्किएकी थिइन्। उनी चैत ४ मा बेल्जियमबाट कतार हुँदै काठमाडौं आएकी थिइन्। शनिबारसम्म देशभर शंकास्पद संक्रमित ८७ जना आइसोलेसनमा रहेका छन् । तीमध्ये काठमाडौंमा ३ जना र काठमाडौंबाहिर ८४ जना रहेका छन्।
शनिबार १४ हजार ७ सय ३१ क्वारेन्टाइनमा रहेका छन् । बाग्मती प्रदेशमा सबैभन्दा थोरै एक सय ३१ जना र सबैभन्दा धेरै प्रदेश नम्बर ५ मा ७ हजार ९ सय ५६ जना क्वारेन्टाइनमा रहेका छन्। हालसम्म पिसिआर पद्दतीबाट ९६६६ जनाको परीक्षण गर्दा हालसम्म ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । बिश्व स्वास्थ्य संगठन(WHO) ले नेपाल कोरोना संक्रमणको रेडजोनमा नरहेको निष्कर्ष निकाल्दै रेडजोनबाट हटाएको छ ।
स्वास्थ्य मन्त्रालयबाट जारी प्रेस बिज्ञप्ति: