एकिकरण पछि बनेको जनता समाजवादी पार्टीको दल दर्ताका लागि निर्बाचन आयोगमा निवेदन

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  1213 पटक हेरिएको

vision-online-advertise

काठमाडौं, बैशाख ११ ।

समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी नेपालबीच रातारात एकीकरणपछि बनेको जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिएको छ। बिहीबार बिहान निर्वाचन आयोगमा ‘जनता समाजवादी पार्टी’ ले दल दर्ताका लागि निवेदन दिएको हो। यो पार्टीको दर्ताका लागि निवेदन १३८८ रहेको छ। राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी एकतालाई औपचारिकता दिन दल दर्ताको निवेदन दिइएको समाजवादी पार्टीका नेता उपेन्द्र यादवले जानकारी दिए। तर दुई दलबीच एक हुनका लागि आवश्यक कागजात भने नपुगेको निर्वाचन आयोगले जनाएको छ ।


राजपा संयोजक शरतसिंह भण्डारीले लकडाउनका कारण बाहिर निस्कन समस्या भएकाले सबै कागजपत्र जुटाउन समस्या भएको बताएका छन्। उनले आयोगले मागेका सबै कागजपत्र पार्टीले उपलब्ध गराउने बताएका छन्। सरकारले ल्याएको दल विभाजनसम्बन्धी नयाँ अध्यादेशले पार्टी फुट्ने जोखिम टार्न दुई दलबीच रातारात एकता भएको थियो।

उनीहरुले दुवै दलबाट पार्टी छोडेर जान लागेकालाई रोक्न बुधबार राति ललितपुरमा एकता गरेर जनता समाजवादी पार्टी बनाउने सहमति गरेका थिए। दल दर्ताका लागि राजपाका नेताहरु राजेन्द्र महतो, शरतसिंह भण्डारी र समाजवादीका उपेन्द्र यादव, राजेन्द्र श्रेष्ठलगायतका नेताहरु निर्वाचन आयोगमा पुगेका छन्।

vision-online-advertise

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार