
जापान, बैशाख ९ ।

नोबेल कोरोना भाईरस (कोभिड–१९) का कारण बिश्व आक्रान्त भईरहेको अबस्थामा जापान पनि त्यसबाट अछुतो हुन सकेन । जापानमा कोरोना भाइरस (कोभिड–१९)का कारण मंगलबार बिहान सम्म २ सय ७८ जनाको मृत्यु भएको छ भने हालसम्म ११,८५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जापानको ७ केनमा आपतकालिन अबस्थाको घोषणा गरेको जापान सरकारले पछिल्लो समय कोरोना संक्रमण झन बढेपछि जापानभर आगामि मे ६ तारिकसम्म आपतकालको घोषणा गरेको थियो । उक्त आपतकालमा जापानमा बसोबास गर्ने सम्पूर्ण नागरिकहरुलाई घरबाट बाहिर ननिस्कन आग्रह गर्दै बिबिध किसिमका राहतका कार्यक्रमहरु घोषणा गरेको ब्यहोरा अघिल्लो समाचारमा नै संप्रेषण गरिसकेका छौँ ।
अघिल्लो समाचारमा “जापान सरकारले प्रतिब्यक्ति १ लाख राहत घोषणा गर्यो, उक्त राहत पाउन नेपालीले के गर्ने ?” बिषयको समाचारलाई लगभग २२ हजार दर्शक तथा पाठक बर्गले हेर्नुभएको थियो । उक्त समाचारमा धेरै जापानमा बसोबास गर्ने नेपाली दाजुभाई तथा दिदिबहिनिहरुको जिज्ञासा तथा प्रश्नहरु हामीले कमेण्ट, म्यासेस तथा प्रत्यक्ष टेलिफोनबाट पाएका थियौँ । तपाईहरुको जिज्ञासालाई सम्बोधन तथा समाधान गर्ने उद्देश्यले जापान सरकारले दिने १ लाख आपतकालिन राहत कसरी लिन सकिन्छ लगायत बिबिध जिज्ञासालाई सम्बोधन गर्ने प्रयास गरेका छौँ ।
जापान सरकारले महामारीको रुपमा फैलिएको नोबेल कोरोना भाईरसका कारण मानब जीबनमा आईपरेको जटिल परिस्थितिलाई मध्यनजर गर्दै घोषणा गरेको राहत रकम लिनको लागि जापानमा यहि अप्रिल २७ तारिकसम्म आवासिय अनुमति पत्र लिएका बिदेशी नागरिकहरु १० मान ऐन लिन योग्य हुने जापान सरकारले जनाएको छ । आवासीय अनुमति पत्र भन्नाले तपाईलाई जापान सरकारले जापानमा रहन दिईएको अनुमति पत्र तथा भिषा अवधिलाई जनाउने छ । भिजिट भिषामा जापान आउने ब्यक्तिहरु जापान सरकारले दिने १० मान आपतकालिन राहत लिन योग्य हुने छैन । अन्य ब्यक्ति जस्तै : (बिद्यार्थी भिषा, कामदार भिषा, डिपेन्डेण्ट भिषा र जापानमा रिफुजि भिषा) मा बसेका बिदेशी नागरिकहरु पर्ने छ ।
प्रत्येक व्यक्ति १ लाख ऐन पाउने तरिका तल उल्लेख गरिएको छ ।
१. जापानको आन्तरिक मामिला मन्त्रालयले पत्रकार सम्मेलन गरी १ लाख ऐन दिने बिषयमा जापानी नागरीकहरु बाहेक पनि ३ महिना भन्दा लामो भिसा लिएर जापानमा बसोबास गर्दै आएका विदेशी नागरिकले पनि पाउने जनाएको छ। जसको लागी यहि अप्रिल महिनाको २७ तारिक सम्ममा उक्त ब्यक्तिको जापानको स्थानिय निकायमा वासिन्दा दर्ता गरेको हुनुपर्नेछ।
२. शुरुमा आफुले केहि गर्नु पर्ने छैन। स्थानिय निकायमा (वडा कार्यलय वा नगरपालिका) मा दर्ता गरेको ठेगानामा आवेदन फारम आउने छ। जसमा नाम (परीवार संगै बसेको भए सबैको नाम) , उमेर, पाउने रकम आदि उल्लेख गरिएको हुनेछ। त्यसमा घरमुली(सेताइनुसी)को नाममा रहेको बैंक वा बित्तिय संस्थाको खाता नम्बर लेख्ने र उक्त खाता नम्बर सहि हो भन्ने प्रमाण रहेको खाताको फोटोकपी र कुनै परिचय पत्रको फोटोकपी हालेर नगरपालिकामा पठाएमा परीवारको सबैजनाको रकम घरमुलीको खातामा आउने छ। चिठ्ठी फिर्ता पठाउने खाम पनि संगै आउनेछ।
३. वडा र नगरपालिका अनुसार पत्र आउन केहि समय लाग्नेछ र आवेदन फारम शुरु गरेको ३ महिना भित्र आवेदन दिइसक्नु पर्नेछ। खाता नभएको ब्यक्तिले स्थानिय निकायमा सम्पर्क गरेर प्रत्यक्ष उपस्थित भई रकम लिन पनि सकिनेछ।
४. यदि तपाईसँग माईनम्बर कार्ड छ भने तपाईले अनलाईनबाट पनि राहत फाराम भरी उक्त रकम लिन सक्नुहुनेछ तर अनलाईन फाराम भर्ने तरिका र अनलाईन साईट भने हालसम्म जापान सरकारले सार्वजनिक गरेको छैन ।
५. यदि परिवारको सदस्यको नाम छुटेको खण्डमा वडा कार्यालय तथा सम्बन्धित स्थानीय निकायमा गएर रिपोर्ट गर्नुपर्ने हुनेछ ।
६. हरेका नगरपालिका तथा स्थानीय निकायले फाराम भर्ने शुरु मिति र बन्द हुने मिति स्थानीय निकायले आफैँ घोषणा गर्नेछ । उक्त मिति स्थानीय निकाय अनुसार फरक पर्न सक्नेछ ।
७. आबेदन फाराम बुझाएपछि हरेक स्थानीय तह तथा नगरपालिकाले राहत रकम १० मान भूक्तानी मिति तय गर्नेछ ।
८. उक्त आपतकालिन राहत फाराम तपाईले वडा कार्यालयमा दर्ता गरिएको नाम र ठेगानामा मात्र आउनेछ । यदि तपाई पहिलेको ठाउँबाट अन्यत्र बसाईसरी जानु भएको छ भने यहि अप्रिल २७ तारिक भित्र नजिकको वडा कार्यालयमा गएर आफ्नो ठेगाना परिवर्तन गर्नुपर्ने हुन्छ ।
उक्त राहत बितरण प्रक्रिया भने मे महिनाको पहिलो हप्ताबाट शुरु गर्ने आन्तरिक मामिला तथा संचार मन्त्रालयको तयारी रहेको छ ।
जापान सरकारले जारी गरेको उक्त राहत बितरण फारामको ढाँचा

सम्बन्धित समाचार यो पनि पढ्नुहोस ।




3936 पटक हेरिएको 
















