
जापान, बैशाख ६ ।

नोबेल कोरोना भाईरस (कोभिड–१९) का कारण बिश्व आक्रान्त भईरहेको अबस्थामा जापान पनि त्यसबाट अछुतो हुन सकेन । हालसम्म जापानमा पनि नोबेल कोरोना भाईरसका कारण २०३ जनाको निधन भईसकेको छ भने हालसम्म १० हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । जापानको ७ केनमा आपतकालिन अबस्थाको घोषणा गरेको जापान सरकारले पछिल्लो समय कोरोना संक्रमण झन बढेपछि जापानभर आगामि मे ६ तारिकसम्म आपतकालको घोषणा गरेको थियो । उक्त आपतकालमा जापानमा बसोबास गर्ने सम्पूर्ण नागरिकहरुलाई घरबाट बाहिर ननिस्कन आग्रह गर्दै बिबिध किसिमका राहतका कार्यक्रमहरु घोषणा गरेको छ ।
प्रधानमन्त्रि शिन्जो आबेले हिजो मात्र मन्त्रिपरिषदबाट जापानमा बसोबास गर्ने सम्पूर्ण नागरिकलाई प्रति ब्यक्ति १० मान अर्थात १ लाख बिना सर्त आर्थिक सहयोग प्रदान गर्ने गरि कार्यबिधि समेत क्याबिनेटबाट पास गरिसकेको अबस्था छ । कोरोना भाईरस प्रकोप नियन्त्रण गर्नको लागि सरकारले गरेको आपतकालिन घोषणा पछि नागरिकमा पर्न गएको प्रभाव र त्यसलाई तत्काल सम्बोधन गर्न जरुरी देखिएकोले बिना सर्त उक्त सहयोग उपलब्ध गराउन लागिएको प्रधानमन्त्रि शिन्जो आबेले पत्रकार सम्मेलन बताएका थिए ।
जापानका प्रधानमन्त्रि शिन्जो आबेले पत्रकार सम्मेलनमा जनतालाई सम्बोधन गर्दै सरकार जनताको पक्षमा रहेको र आपतकालिन अबस्थामा जनताको मनोबललाई उच्च राख्न यहि आर्थिक बर्ष २०२० को बजेट शिर्षकबाट नै मे महिना भित्र सम्पूर्ण जापनिज नागरिक र जापानको वाड अफिसमा सुचिकृत सम्पूर्ण बिदेशी नागरिकलाई समान रुपमा उक्त राहत उपलब्ध गराउन लागिएको समेत स्पष्ट पारिएको थियो । जापान सरकारले अघिल्लो राहत कार्यक्रम आयस्रोत कम भएका ब्यक्तिलाई ३ लाख उपलब्ध गराउने भन्ने निर्णयलाई संशोधन गर्दै बिना सर्त १ लाख समान रुपमा सबैलाई उपलब्ध गराउने निर्णय गरेको हो ।
यसै सन्दर्भमा गैर आवासिय नेपाली संघ जापान, क्युस्यू क्षेत्रीय कार्यसमितिद्धारा गठित कोरोना भाईरस सम्बन्धि सुचना सम्प्रेषण एवं भाषा अनुबाद समितिका संयोजक दिपक देबकोटाले समेत भिजन अनलाईनसँगको टेलिफोन संबादमा जापान सरकारले घोषणा गरेको आपतकालिन राहत कार्यक्रमले नेपाली समुदायलाई पनि प्रत्यक्ष लाभ पुग्ने भएकोले यस बिषयमा नेपाली समुदायलाई सुसुचित र जानकारी दिन जरुरी रहेकोले संचारमाध्यमको यसमा महत्वपूर्ण भूमिका रहने समेत बताउनु भयो ।
जापान सरकारले उपलब्ध गराउने राहत रकम पाउन तलका प्रक्रिया पुरा गर्नुपर्ने हुन्छ ।
१. जापान प्रबेश गरी ३ महिना बसोबास गरेको वा वाड अफिसमा आफ्नो बिबरण पेश गरि नाम दर्ता गरेको हुनु पर्नेछ ।
२. जापान सरकार तथा स्थानीय सरकारले तपाईको नाम तथा ठेगानामा पठाइएको राहत उपलब्ध फारममा माग बमोजिमको बिबरण पेश गरि वाड अफिस तथा सम्बन्धित कार्यालयको ठेगानामा पठाउनु पर्ने हुन्छ ।
३. तपाईको जाईरो कार्ड (रेसिडेन्ट काड) को फोटोकपी र बैक खाता उपलब्ध गराउनु पर्ने ।
अपडेट सम्बन्धित समाचार यो पनि पढ्नुहोस ।
