अमेरिकामा अर्का नेपाली ङिमा तेम्बा शेर्पाको कोरोना संक्रमणबाट निधन

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  834 पटक हेरिएको

vision-online-advertise

अमेरिका, चैत २६ ।

कोरोना भाईरसको महामारीबाट हाल सबै भन्दा बढ़ी अमेरिकाको न्युयोर्क शहर प्रभावित भएको छ भने आजको मितिसम्म न्युयोर्क सिटीमा मात्र ५ हजार भन्दा बढ़ीको ज्यान गएको छ । कोरोना भाईरसका कारण अमेरिकामा नेपालीहरू पनि संक्रमित भएका घटनाहरु सार्वजनिक भईरहेका छन । कोरोना संक्रमणका कारण न्यूयोर्कमा अर्का एक नेपाली ङिमा तेम्बा शेर्पाको आज विहान निधन भएको छ ।

शेर्पा किदुगका आजीवन सदस्य समेत रहेका शेर्पाको आज बिहान पाँच बजेर अठार मिनेट जांदा क्वीन्सको एल्मर्स्ट अस्पतालमा निधन भएको शेर्पा किदुगका अध्यक्ष उर्गेन शेर्पाले अमेरिका स्थित संचालित नेपाली संचारमाध्यमलाई जानकारी दिनुभयो ।

शेर्पा किदुगले आफ्नो फेसवुक पेजमा समेत उहांको निधन भएको उल्लेख गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ । स्वर्गीय शेर्पाको दुइ दिन अघिनै निधन भएको खवरहरु सार्वजनिक भएका थिए तर पछि पुन उहांको मुटु सञ्चालन भएको थियो ।

स्वर्गीय शेर्पा कोरोना भाइरस संक्रमणका कारण विगत केही हप्तादेखि अस्पतालमा उपचार गराइ राख्नुभएको थियो । शेर्पाको निधन भएको पुष्टि उहांका दाजु ल्हाक्पा युला शेर्पाले फोन मार्फत गर्नुभएको शेर्पा किदुगले उल्लेख गरेको छ । स्वर्गीय शेर्पाप्रति भिजन अनलाईन न्युज परिवार हार्दिक समवेदना प्रकट गर्दै बिश्वभरी छरीएर रहनु भएका नेपाली समुदायलाई उच्च सतर्कता र सुरक्षितका साथ रहन अनुरोध गर्दछ ।

vision-online-advertise

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार