कुलमानद्धारा सर्वोच्चमा रिट दर्ता, पहिलो पेसी शुक्रबारको लागि तय

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  370 पटक हेरिएको

काठमाडौं, चैत १४ ।

आफूलाई गैरकानुनी रुपमा पदमुक्त गरिएको दावी गर्दै नेपाल विद्युत् प्राधिकरणबाट पदमुक्त भएका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले सर्वोच्च अदालतमा रिट निवेदन बिहीबार दर्ता गरााएका छन ।

सरकारको निर्णय बदर गरी आफूलाई कार्यकारी निर्देशकमा पुनस्थापना गर्नुपर्ने माग गर्दै उवने सर्वोच्चमा रिट निबेदन दर्ता गराएका हुन । उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, ऊर्जामन्त्री दिपक खड्का एवं उनले सम्हालेको मन्त्रालय, नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समिति र नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई विपक्षी बनाएका छन् ।

कुनै गल्ती, त्रुटी नगरेको अवस्थामा सरकारले बदनियतका साथ आफूलाई स्पष्टीकरण सोधेको र गलत ढंगले पदमुक्त गरीएको घिसिङ्गले रिट निवेदनमा जिकिर गरेका छन् ।

बिद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ्गले सर्वोच्च अदालतमा दर्ता गराएका रिट निबेदन अदालत प्रशासनले शुक्रबारका लागि उनको उक्त रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ हुने मिति तोकेको छ ।

सम्बन्धित समाचार यो पनि पढ्नुहोस ।

सरकारले कुलमानलाई प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटायो, नयाँ कार्यकारी निर्देशकमा शाक्य नियुक्त

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार