जापान, चैत्र १०।

यहि मार्च २३ तारिख अथवा चैत्र १० गते आज जापानको टोकियोमा आयोजना हुने धादिङ समाज जापानको छैटौँ अधिवेशनको तयारी पुरा भएको बताईएको छ। समाजका अध्यक्ष श्यामहरि तिम्सिनाका अनुसार अधिवेशनमा, जापानका लागि नेपाली राजदुत डा. दुर्गा बहादुर सुवेदीको प्रमुख आतिथ्यता रहनेछ।
धादिङ समाज जापान सन २०१३ मा स्थापना भई जापान र नेपालमा विभिन्न सामाजिक कार्यहरु गर्दै आईरहेको छ। विशेषत समाजले जापानमा बसोबास गर्ने नेपालीहरुका विभिन्न कठिन् परिस्थितिहरुमा हातेमालो गर्दै आएको छ।
समाजका महासचिव बिजय सडौलाका अनुसार,समाजको छैटौँ अधिवेशनका लागि सम्बन्धित सबै सरोकारवाला संघरसंस्था तथा व्यक्तिहरुलाई औपचारिक निमन्त्रणा पनि पठाईसकिएको छ। अधिवेशन मार्च २३ तारिख जापानको सिनोकुबो स्थित सोलमारी मुरा हलमा दिनको ठिक ३ः०० बजेबाट आयोजना हुनेछ। छैटौँ अधिवेशनले आगामी २ वर्षको लागि नयाँ कार्यसमिति समेत चयन गर्नेछ।
“सबैलाई औपचारिक जानकारी गराईएसकिएको र कहीँ कतै कसैलाई निमन्त्रणा नपुगेको भए,यसै समाचार मार्फत पनि जापानबासी धादिङ्गेहरुलाई उपस्थितिको लागि समाजका अध्यक्ष तिम्सिनाले अपिल गर्नुभयो ।
अधिवेशन हुने स्थान र समय
मिति:- २०२५ -३-२३ गते आईतवार
स्थान:- सोल्मारीमुरा हल
समय :- ११:०० बजे (बन्द सत्र)
समयः- (दिउँसो ३ बजे घोषणा सभा)




275 पटक हेरिएको 

















