काठमाण्डाै, चैत ३ ।
प्रहरीले बरामद गरेका मास्क (मुखावरण) तत्कालै बिक्री/वितरण गर्न महान्यायाधिवक्ताको कार्यालयले निर्देशन दिएको छ । महान्यायाधिवक्ताको कार्यालयले नेपाल प्रहरीलाई पत्र लेखेर बरामद मास्क साझा स्वास्थ्य सेवा लगायतका सरकारी कार्यालयलाई बजार मूल्य अनुसारको पैसा लिएर उपलब्ध गराउन निर्देशन दिएको हो ।
प्रहरीले बिक्री गरेकाे रकम प्रहरी कोषमा नै रहने छ । प्रहरीले उपलब्ध गराएका मास्क तत्कालै बिक्री वितरण गर्न पनि महान्यायाधिवक्ता अग्नि खरेलले निर्देशन दिनुभएको छ । कालोबजारी गर्न लुकाएर राखेका १० लाख आठ हजार मास्क प्रहरीले आइतबार कपन र सतुङ्गलबाट बरामद गरेको थियो । यस्तै गएकाे शनिबार डल्लु क्षेत्रबाट पनि ७८ हजार मास्क बरामद भएको थियो ।
प्रहरीले बरामद गरेकाे मास्क प्रमुख जिल्ला अधिकारीलाई बुझाउने तयारी गरे पनि महान्याधिवक्ताको कार्यालयले ती मास्क तत्काल बेच्न निर्देशन दिएकाे हाे । बिश्वभरी महामारीको रूपमा फैलीएको कोरोना भाईरसका कारण ६ हजार भन्दा बढ़ीको ज्यान गईसकेको छ । यस्तो महामारीको बेला पनि कालाबजारी गरी मास्क बेच्ने व्यापारीलाई जिल्ला अदालत काठमांडौबाट म्याद थप गरी थुनामा राखी आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार यो पनि पढ़नुहोस ।