कपन र सतुङलमा लुकाएर राखिएकाे तीन लाख मास्क प्रहरीद्वारा बरामद

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  830 पटक हेरिएको

vision-online-advertise

काठमांडौ, चैत २ ।

प्रहरीले काठमाडौँको सतुङल र कपनबाट ३ लाख पिस मास्क बरामद गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले कपन र  सतुङलबाट डेढ/डेढ लाख थान मास्क बरामद गरेको हो। 

कोरोना भाइरसको त्रासका कारण मास्कमा कालोबजारी भएको सूचनाका आधारमा छापा मारेर कपनबाट डेढ लाख मास्क बरामद गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीले जानकारी दिए।

vision-online-advertise

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार