NRNA क्युस्यु क्षेत्रीय समितिको अर्को प्रशंसनीय काम, गौतमबुद्ध क्रिकेट रङ्गशालाको लागि ३ लाख आर्थिक सहयोग

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  1678 पटक हेरिएको

चितवन, फागुन २७ ।

चितवनको रामपुरमा धुर्मुस सुन्तली फाउण्डेशनद्धारा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण सहयोगार्थ जापान स्थित रहेका नेपालीहरुको साझा संस्था गैर आवासीय नेपाली संघ (एनआरएनए) जापान, क्युस्यु क्षेत्रिय कार्यसमिति फुकुओका सक्रियतामा आर्थिक सहयोग संकलन अभियान शुरु गरीएको थियो । उक्त अभियानमा फुकुओका स्थित रहेका बिभिन्न संघ संस्थाहरुको पनि सहकार्य रहेको थियो । उक्त अभियानमा फुकुओकाका हाम्रो नेपाल हामी नेपाली अभियान जापान ,नेपाल जापान फ्रेन्डसिप लायन्स क्लब, सुदुरपश्चिमेलि नेपाली समाज क्युस्यु, नुवाकोट समाज क्युस्यु तथा आवासि करि परोपकारी एवं क्युस्युबासी नेपालीहरुको सहभागिता रहेको थियो ।

उक्त संकलित आर्थिक सहयोग रकम आज संस्थाका उप–संयोजक सचिन नेम्बाङ्ग, कोषाध्यक्ष सुनिल श्रेष्ठ र सदस्य प्रकाश लामिछानेको उपस्थितिमा आज हस्तान्तरण गर्नुभयो । गैर आवासीय नेपाली संघ क्युस्यु क्षेत्रीय कार्यसमिति फुकुओकाको नेतृत्वमा संकलित जापनिज ऐन २,६८,७३० तथा नेपाली रु. ३ लाख १ हजार १ सय ११ रुपैयाँ सहयोग धुर्मुस सुन्तली फाउण्डेशनलाई आज हस्तान्तरण गरिएको हो ।

उक्त रकम हस्तान्तरण कार्यक्र्रममा संस्थाका उपसंयोजक सचिन नेम्बाङ्गले कलाकारिताको क्षेत्रबाट नेपाली जनताका मन जित्न सफल धुर्मुस सुन्तली पछिल्लो समय सामाजिक काममा पनि उत्तिकै सफल भएको र उहाँको यस राष्ट्र निर्माणको अभियानमा म लगायत हाम्रम क्युस्यु क्षेत्रिय कार्यसमिति परिवार र सहयोगी हातहरु पनि प्रत्यक्ष सहभागि भई स्वामित्व ग्रहण गर्न पाँउदा अत्यन्त गौरबवान्दित भएको छोटो भनाई राख्दै परियोजना सफलताको शुभकामना समेत ब्यक्त गरेका थिए ।


भरतपुर महानगरको रामपुरस्थित कृषि, वन विज्ञान विश्वविद्यालयले उपलब्ध गराएको २० विगाहा क्षेत्रफलमा रंगशाला निर्माण सुरू गरिएको उक्त रंगशाला बनाउन करिब तीन अर्ब खर्च लाग्ने इस्टिमेट सहितको डीपीआर सार्वजनिक गरिसकेको छ । यो योजना निर्माण सम्पन्न भए पश्चात एकै पटक यहाँ २५ हजार भन्दा धेरै दर्शकले खेल हेर्न सक्नेछन्। क्रिकेट मैदानबाहेक फुटबललगायत अन्य रंगशाला पनि यही परिसरभित्र बन्नेछ।

देश कै गौरब र पहिचान बोकेको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशालामा ७७ वटै जिल्लाको पहिचान झल्कने गरी ७७ सभाहल हुने गरी डिजाईन गरी निर्माण थालिएको हो । सरकारी स्तरबाट हालसम्म पनि कुनै खेल मैदान निर्माण गर्न नसकि रहेको अबस्थामा धुर्मुस सुन्तलीको अगुवाईमा देश बिदेशमा छरिएर रहेका सम्पुर्ण नेपालीको स्वामित्व हुने गरी आर्थिक संकलन गरी निर्माण सम्पन्न गर्ने लक्ष्य लिईएको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट स्टेडियमको डिजाईन तथा डिपिआर तयार गरी हालसम्म ग्राउण्ड सम्याउने काम सम्पन्न गरी सकेको छ ।

प्रत्येक दिन सहयोगी मनहरुको बाक्लो उपस्थितिमा बिभिन्न जिल्ला, क्षेत्र तथा देश बिदेशमा रहनु भएका नेपाली संघसंस्थाहरुको निरन्तर आड भरोसा सहयोगले उत्साहित सिताराम कट्टेल धुर्मुस निर्धारित समय भन्दा अगाबै निर्माण सम्पन्न गरी उद्घाटन गर्ने लक्ष्य रहेको पनि उक्त रकम हस्तान्तरण समारोहमा जानकारी गर्नुभयो । धुर्मुस सुन्तली फाउण्डेशनको नेतृत्वमा निर्माण भईरहेको अन्तराष्ट्रिय गौतम बुद्ध क्रिकेट रङ्गशाला निमाणको लागि जापानबाट मात्रै पनि ठुलो परिणाममा आर्थिक सहयोग भैसकेको छ र अझ त्यो क्रम जारी छ । उक्त रकम हस्तान्तरण समारोहमा बोल्दै सिताराम कट्टेल धुर्मुसले देश बिदेशमा छरिएर रहेको नेपालीहरुलाई उक्त परियोजना निर्माण सम्पन्न गर्न आर्थिक भौतिक आफुले के सकिन्छ सहयोग गर्न आह्वान समेत गर्नु भयो ।

सहयोग हस्तान्तरण गर्दै NRNA क्युस्युका उपसंयोजक नेम्बांग

सम्बन्धित समाचार यो पनि पढ्नुहोस ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार