NRNA जापान, क्युशु क्षेत्रीय कार्यसमितिद्वारा नेपाली समुदायलाई लक्षित गर्दै मास्क बितरण शुरू

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  2522 पटक हेरिएको

फुकुओका जापान, फागुन २४ ।

चीनको वुहानबाट फैलिएको नोबेल कोरोना भाईरसका कारण बिश्व त्रसित भईरहेको छ । बिश्वमा कोरोना भाईरस संक्रमितको संख्या मात्र १ लाख कटीसकेको छ भने हालसम्म ३ हजार ५ सय ११ जनाले ज्यान गुमाईसकेको छ । पछिल्लो समय चीन बाहेक इटली, ईरान र दक्षिण कोरियामा ब्यापक रूपमा फैलिएको कोरोना भाईरस जापानको बिभिन्न क्षेत्रमा आंशिक रूपमा देखिएको छ । जापानमा पनि हालसम्म ११०३ जना संक्रमित रहेका छन । जापानको योकोहामा क्वारेन्टायनमा रहेको डायमन्ड प्रिन्स पानीजहाजमा मात्र ६९६ जना संक्रमित रहेका छन भने हालसम्म ७ जनाको ज्यान गईसकेका छन भने जापानका बिभिन्न क्षेत्रमा गरी अन्य ७ जनाको ज्यान गईसकेको छ । जापान कोरोना भाईरसका कारण ज्यान गुमाउनेको संख्या १२ पुगेको छ ।


नेपाली समुदायको बाक्लो उपस्थिति रहेको जापानको फुकुओका क्यूशु क्षेत्रमा पनि २ जना संक्रमित भेटिएपछी क्यूशुबासिमा त्रास फैलिएको छ । कोरोना भाईरसको खतरा र बजारमा मास्कको अभाबलाई मध्यनजर गर्दै गैर आबासिय नेपाली संघ, क्युशु क्षेत्रीय कार्यसमितिद्वारा नेपालीहरुको लागी मास्क बितरण शुरू गरिएको प्रेस बिज्ञप्ति मार्फत जानकारी गराईएको छ । ८ हजारको हाराहारीमा रहेको नेपाली समुदायलाई लक्षित गरी प्रतिव्यक्ति १/१ ओटाको दरले बितरण गर्न लागिएको क्युशु कार्यसमितिले प्रेस बिज्ञप्तिमार्फत जानकारी गराएका छन । हालसम्म नेपाली समुदाय सुरक्षित रहेपनि त्रास भने कायम नै छ ।

बिभिन्न कार्यक्रम सार्वजनिक गरीएको क्युशु क्षेत्रीय कार्यसमितिले कोरोना भाईरसका कारण सम्पूर्ण कार्यक्रम स्थगीत गर्दै हाल कोरोना संक्रमण र यसबाट आईपर्ने स्वास्थ्यसमस्यालाई मध्यनजर गर्दै प्रत्येक दिन बिहान १० बजेदेखि बेलुकि ६ बजेसम्म एनआरएनए क्यूशु क्षेत्रीय कार्यसमितिको सम्पर्क कार्यालयबाट मास्क बितरण गर्न लागिएको हो । नेपाल भ्रमणबर्षको प्रचारप्रसारको बिभिन्न कार्यक्रम सार्वजनिक गरेको क्युशुले नेपाल सरकारबाट नै भ्रमण बर्ष २०२० तत्काललाई स्थगित गरीएपछी फुकुओकामा पनि उक्त कार्यक्रम हाललाई स्थगित गरीएको छ ।

मास्कको लागि सम्पर्कब्यक्ति अध्यक्ष देबराज उप्रेती

मोबाईल नम्बर :-०८०-४२८७-१४१४ मा सम्पर्क गर्नुहोला ।

क्युशु क्षेत्रिय कार्यसमितिद्वारा जारी प्रेस बिज्ञप्ति

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार