

चीन, फागुन १३ ।

चीनको वुहानबाट महामारीको रूपमा फैलिएको नोबेल कोरोना भाईरस (Codic-९) का आजको मितिसम्म चीनमा मात्र २८०० को हाराहारीमा मानिसको मृत्यु भईसकेको छ । चीन बाहीर पनि व्यापक रूपमा फैलिएको कोरोना भाईरसका कारण ईटालिमा चार जना, जापानमा ३ जना, हङकङमा १ जनाको ज्यान गैसकेको छ भने कयौ मानिस कोरोना भाईरसबाट संक्रमित भएको छ । मानव जीवनलाई नै बन्दी बनाएको कोरोना भाईरसका कारण घर बाहीर निक्सन समेत सकेको छैन । बैज्ञानिकहरुको अथक प्रयास पछी महामारीको रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड १९) को भ्याक्सिन पत्ता लागेको छ । चीनको तियानजिन विश्वविद्यालयले यसको ओरल (खाने) भ्याक्सिन आविष्कार गरेको हो ।
यो भ्याक्सिनको विकास गर्ने वैज्ञानिक प्रोफेसर हुआङ जिन्हाइले स्वयं यो भ्याक्सिनको ४ डोज लिएको र कुनै पनि किसिमको साइड इफेक्ट महसुस नगरेको चीनको मिडिया ग्लोबल टाइम्सले लेखेको छ । विश्वविद्यालयले अब यसको क्लिनिकल परीक्षण र अन्य कामको लागि पार्टनरको खोजी गरिरहेको छ ।

यो भ्याक्सिनले शरीरमा कोरोनाभाइरससँग लड्नको लागि प्रतिरक्षा एन्टिबडीको निर्माण गर्ने समाचारमा जनाइएको छ । प्रोफेसर हुआङको टिमले यो भ्याक्सिनको क्याप्सुल, मिल्क ट्याब्लेट र ग्रानुलर फर्मुलेसनको रुपमा नमूना तयार पारेको छ ।
सम्बन्धित समाचार यो पनि पढ़नुहोस ।

