प्रधानमन्त्रिको जन्मदिनमा केक बोक्न हेलीकप्टर चार्टर, नेपाली नक्सा अंकित केक काटेकोमा जनता आक्रोसित

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  1413 पटक हेरिएको

काठमाडौं, फागुन ११ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले जन्मथलोमा जन्मदिन मनाएका तस्वीर सार्वजनिक भएसँगै सामाजिक संजालमा उनको चर्चासँगै आलोचना समेत शुरु भएकाे छ ।सामाजिक सञ्जालमा उनले केक बाेक्नका लागि हेलिकोप्टर चाटर्ड गरिएको  र नेपालको नक्शा अंकित केक काटिएको विषयमा आलोचना भएको छ ।

केहीले प्रधानमन्त्री ओलीज्यूले  लिम्पियाधुरा विनाको नेपालको केकलाई चक्कुले काट्दै टुक्राटुक्रा बनाएर खाएछन् भनेर व्यंग्य गरेका छन् । पछिल्लो समय आफनै बिश्वास पात्र समेत रहेका तत्कालीन संचार मन्त्रि बास्कोटाको ७० करोड़ घोटला टेलिफोन संवाद सार्वजनिक भएसंगै आलीची हुन पुगेका प्रधानमन्त्रि पुन: बिबादमा तानिएका छन । प्रधानमन्त्रिको जन्मदिनमा गाऊँपालिकाले सार्वजनिक बिदा दिनु, जन्मदिनको केक बोक्न हेलीकाप्टर चार्टर गर्नु र जन्मदिनमा राष्ट्रको नेतृत्व कर्ताबाट नै नेपालको नक्सा अंकित केक काटनु गलत भएको भन्दै जनस्तरबाट तिव्र आलोचना भएको हो । प्रधानमन्त्रिको जन्मदिनमा नेपाली मात्रिभूमिलाई टुक्राटुक्रा बनाएर खाएको भनि जनता तथा नेताहरूले समेत सामाजिक संजालमा लेखेका छन ।

दु:खका साथ यो लेख्दैछु ।
जुन देशका जनताले भाेकमा भुटेका मकै र ज्वराेमा सिटामाेल पाएका छैनन । छाेरा छाेरी विदेशका विभिन्न ठाँउमाआफ्नो शरीर, रगत र पसिना रेमिटान्स संग साटी राखेका छन । पशुपतिमा लाशकाे विदेशी बाकस नआएको दिन छैन । त्यस देशका प्रधानमन्त्रीलाई हेलिकप्टर चार्टर्ड गरि देशकाे नक्सा भएको केक काट्ने कसले सुझाव दियाे ??? लाज लाग्दैन ??? डा.चन्द्र भण्डारी

प्रधानमन्त्री ओलीले आइतबार आफ्नो ६९ औं जन्मोत्सव तेह्रथुम इवास्थित आफू जन्मेको घरमा धुमधामका साथ जन्मोत्सव मनाएका हुन् । प्रधानमन्त्री ओलीका जन्मोत्सवका लागि आज आठराई गाउँपालिकाले सार्वजनिक विदा दिएको थियो ।

उनको जन्मदिन मनाउन संसदीय दलका उपनेता सुवास नेम्वाङ, स्वास्थ्य मन्त्री भानुभक्त ढकाल, पर्यटनमन्त्री योगेश भट्टराई लगायत सहभागी भएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार