जापान, फागुन १० ।

जापानमा थप एक नेपालीको निधन भएको छ । नेपाल स्थित म्याग्दी जिल्ला शिख गाविस वडा न ४ स्थाई घर भई हाल जापानको आईचि केन टोयोटा सिईमा रहेको कम्पनीमा विगत २१ वर्ष देखि कार्यरत ४९ वर्षीय चमान सिंह पाईजा मगरको यहि मिती २०२२/०२/१३तारिक अकल्पनीय निधन भएको खबर प्राप्त भएको छ। यस खबरले हामी सम्पुण जापानबासी नेपालीहरुलाई दुखित तुल्याएको छ।
यस घटनाको बारेमा जानकारी गरौदै एनआरएन आइसीसी सदस्य दिपक कार्कीले सामाजिक संजाल मार्फत जानकारी गराएका हुन । घटनाको जानकारी पाए लगतै म सँगै गैर आवासीय नेपाली संघ जापानका सचिव श्याम शितल ज्यु ,गैर आवासीय नेपाली संघ जापान क्षेत्रीय समिती नागोयाका संयोजक मनोज बम मल्ल ज्यु र मोना जापान क्षेत्रीय समिती नागोयाका सचिव सागर थापा बगाले उक्त कम्पनीमा गई कार्यरत कम्पनीका साहुसँग घटनाको विषयमा जानकारी लिई, थप जानकारीको लागी पुलिसकोमा गएर सबै जानकारी लियौ कार्कीले बताएको छ ।
पुलिस र कम्पनीको साहुबाट प्राप्त जानकारी अनुसार विगत ५वर्षदेखि मुटु रोगको समस्या भई नियमिती औषधि सेवन गरिरहेको भन्ने जानकारी प्राप्त भएको उनले उल्लेख गरेको छ । शव अन्त्येष्टि विषयमा भोली आवश्यक प्रकिया पुरा गरि सबैलाई जानकारी गराऊने छौ साथै छोटो समयमा पनि हाम्रो आग्रहलाई सहर्ष स्वीकार गरि यस दुखद घडिमा स्वयम् उपस्थित भई हामीलाई साथ र सहयोग गरिदिनु हुने गैर आवासीय नेपाली संघ जापानका सचिव श्याम शितल ज्यु र गैर आवासीय नेपाली संघ क्षेत्रीय समिती नागोयाका संयोजक मनोज बम मल्ल ज्यु प्रति मोना जापान परिवारको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट धन्यवाद समेत ज्ञापन गरेका छन । साथै मृतकको अन्त्यष्ठिको प्रक्रियाशुरू भएको मिति तय भएपछी सबैलाई जानकारी गराउने बताएका छन । भिजन अनलाईन परिवार जापान नेपाल मृत आत्माको चिर शान्तिको कामना गर्दै परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस हार्दिक श्रद्दंजलि अर्पण गर्दछौ ।



799 पटक हेरिएको 
















