एमसीसी परिमार्जन सहित संसदबाट अनुमोदन हुन्छ : अध्यक्ष प्रचण्ड

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  719 पटक हेरिएको

चितवन, फागुन १० । 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी सरकारको सहायता कोष मिलेनियम च्यालेञ्ज कोअपरेसन (एमसिसी) परिमार्जनसहित अनुमोदन हुने बताउनु भएको छ । शनिबार पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले एमसीसी अध्ययन गरेर परिमार्जनसहित अनुमोदन गरिने बताउनु भएको हो ।

शुक्रबार एमसीसी अध्ययन गर्न बनेको नेकपाको कार्यदलले प्रतिवेदन पेस गरेको बताउँदै यस विषयमा विस्तृत अध्ययन गरी परिमार्जनसहित अनुमोदन हुने विश्वास दाहालले व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘एमसीसी कुनै बाइबल होइन यसलाई परिमार्जन गरेर अघि बढाइनेछ’, प्रधानमन्त्रीले यस विषयमा अमेरिकी सरकारसँग पनि कुरा गरिसक्नुभएको उहाँले जानकारी दिनुभयो । 

अध्यक्ष दाहालले सरकारको कामका विषयमा आइतबारदेखि सुरु हुने सचिवालय बैठकले समीक्षा गर्ने बताउनुभयो । वर्तमान सरकारले गरेका धेरै राम्रा कामहरुलाई पनि केही नराम्रा कामले छोपेको भन्दै उहाँले यस विषयमा समीक्षा गरेर अघि बढ्ने बताउनुभयो ।

सम्बन्धित समाचार यो पनि पढ़नुहोस ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार