नेकपा कार्यदलले एमसीसी सम्झौता नसच्याई संसदबाट अनुमोदन नगर्न पार्टी नेतृत्वलाई सुझाव सहित प्रतिवेदन पेश गरे

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  849 पटक हेरिएको

काठमाडौं, फागुन ९ ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को कार्यदलले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सम्झौता नसच्याई संसदबाट अनुमोदन नगर्न पार्टी नेतृत्वलाई सुझाव दिएको छ । कार्यदलले शुक्रबार साँझ पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिवेदन बुझाएको थियो ।

कार्यदलले एमसीसी सम्झौता नसच्याई अनुमोदन नगर्न सर्वसम्मत रुपमा सुझाव दिएको संयोजक झलनाथ खनालले संचारमाध्यमलाई जानकारी दिए । अमेरिकाले भने संशोधनका लागि समय घर्किसकेको बताइसकेको छ ।

अमेरिकी सहयोग परियोजना एमसीसीबारे पार्टीमा चर्को विवाद भएपछि माघ १९ मा सकिएको नेकपा केन्द्रीय कमिटी बैठकले गठन गरेको कार्यदलमा स्थायी कमिटी सदस्य एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भीम रावल सदस्य थिए । प्रधानमन्त्रि समेत रहेका पार्टी अध्यक्ष के.पी शर्मा ओलीले एमसीसी अध्ययन कार्यदल वाईयातको संज्ञा दिई सकेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार