

काठमाडौं, फागुन ८ ।

नेपाल निजामती कर्मचारी युनियन (संघ) ले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले विवादास्पद अडियो प्रकरणमा कर्मचारी प्रति mक्षि गर्दै बोलेको अश्लील शब्दप्रति विरोध जनाएको छ । हालै सार्वजनिक उक्त अडियो रेकर्ड प्रकरणमा मन्त्री बास्कोटाबाट प्रयोग भएको शब्दले राष्ट्रसेवकलाई दुःखी तुल्याएको भन्दै संघले खेद प्रकट गरेको छ ।
संघका उपमहासचिव दुर्गाप्रसाद फुयाँलले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अपशब्द प्रयोग गर्ने मन्त्रीलाई कानूनी कारबाही नभएमा बहिष्कार गर्न पर्ने दिन देख्न नपरोस् ।’
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि स्वीस एजेन्टसँग भएको कुराकानीमा सञ्चारमन्त्री बास्कोटाले कमिसनबारे कुराकानी गरेको अडियो सार्वजनिक भएको थियो ।
सम्बन्धित समाचार यो पनि पढ़नुहोस ।
- १. सञ्चारमन्त्री बास्कोटाले ७० करोड कमिसनका लागि सेटीङ गरेको अडियो सार्वजनिक(अडियो सहित)
- २. कमिसन मागेको अडियो टेप सार्वजनिक भएपछी प्रधानमन्त्रिले मागे संचारमन्त्रिको राजिनामा
- ३. बास्कोटालाईं बर्खास्त गर्न माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसद्वारा राष्ट्रियसभा बैठक अवरुद्ध
- ४. प्रिन्टिङ प्रेस सम्बन्धि सम्पूर्ण काम तत्काल रोक्न लेखा समितिको निर्देशन





1166 पटक हेरिएको 
















