महराको मुद्दाको सफाइबारे सभामुखले गराए संसदमा जानकारी, संसद भवन छिर्ने बाटो खुल्यो

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  1012 पटक हेरिएको

काठमाण्डौँ, फागुन ६ ।

फाईल फोटो

सभामुख अग्नि सापकोटाले संसद बैठकमा पूर्व सभामुख कृष्णबहादुर महराले जिल्ला अदालतबाट सफाइ पाएको जानकारी गराएका छन् । मंगलवारको संसद बैठकमा सभामुख सापकोटाले जबरजस्ती करणी उद्योग मुद्दामा थुनामा रहेका महराले सोमवार अदालतबाट सफाइ पाएसँगै थुनामुक्त भएका जानकारी गराएका छन् ।

‘अभियोग माग दाबीबाट सफाइ पाउने ठहर गरी थुनामुक्त हुनुभएको छ,’ सभामुख सापकोटाले भने । जिल्ला अदालत काठमाडौंले महरालाई सोमवार अभियोगमा निर्दोष ठहर गरेको थियो ।

सभामुखले अदालतबाट सफाइ पाएको जानकारी संसद बैठकमा गराएपछि अब महरा सांसदको हैसियतमा संसद बैठकमा सहभागी हुन पाउने भएका छन् । थुनामा हुँदा रोकिएको महराको सेवासुविधा समेत सांसदको हैसियतमा पाउने भएका छन् । सभामुखको हैसियतमा रहेका महरा अब भने सांसदको हैसियदमा संसद भवन छिर्ने छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार