पक्राउ परेकी नेकपा प्रचण्ड-माधब समुहका नेत्री रामकुमारी झाँक्री बिना शर्त रिहा

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  598 पटक हेरिएको

काठमाडौं, माघ २९ ।  

बिहीबार दिउँसो १ बजे पक्राउ परेकी नेकपा प्रचण्ड– नेपाल समूहकी नेत्री रामकुमारी झाँक्रीलाई चौतर्फी दबाबपछि प्रहरीले रिहा गरेको छ। महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाकाअनुसार झाक्रीलाई उनका श्रीमानको जिम्मामा साँझ रिहा गरिएको बताईएको छ ।

राष्ट्रपतिबारे अभिव्यक्ति दिएकी झाक्रीलाई प्रहरीले राज्यविरुद्धको कसूरको अभियोगमा अनुसन्धानका लागि भन्दै पक्राउ पूर्जी थमाएर बिहीबार विहान उनकै निबासबाट पक्राउ गरेको थियो । उनलाई मिनभवनस्थित महाशाखाको कार्यालयमा झण्डै साढे ५ घण्टा राखेर साँझ रिहा गरिएको छ ।

प्रहरीले राज्यविरूद्धको कसुर दफा ५८ अनुसार झाँक्रीलाई पक्राउ पुर्जी थमाएको थियो । उनलाई प्रहरीले पक्राउ गरेपछि प्रचण्ड–नेपाल पक्षसहित, नेपाली काँग्रेस, विभिन्न दलका नेता, अधिकारकर्मीलगायतले विरोध गर्दै तत्काल रिहाइको माग गरेका थिए । यस्तै केपी ओली नेतृत्वको सरकारको सामाजिक सञ्जालमा समेत चर्को आलोचना भएको थियो । यता रामकुमारी झाक्रीले भने यो नितान्त राजनितिक प्रतिशोध मात्र भएको प्रतिक्रिया दिएको छ ।

सम्बन्धित समाचार यो पनि पढ्नुहोस ।

राज्यविरुद्धको कसुर गरेको आरोपमा नेकपा प्रचण्ड–माधब समुहका नेतृ झाक्री पक्राउ

रामकुमारी झाँक्रीको पक्राउ सर्वसत्तावादी र अधिनायकवादी चरित्र भएको नेपाली काग्रेस नेता पौडेल कोईरालाको भनाई

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार