राज्यविरुद्धको कसुर गरेको आरोपमा नेकपा प्रचण्ड–माधब समुहका नेतृ झाक्री पक्राउ

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  510 पटक हेरिएको

काठमाडौं, माघ २९ ।  

प्रहरीले नेकपा प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले झाँक्रीलाई पक्राउ गरेको हो । महानगरीय प्रहरी अपराध महाशाखाको टोली झाँक्रीलाई उनकै घरबाट पक्राउ गरेको हो । हिजोको बिरोध सभामा मुखमा कालो टेप लगाएर अभिब्यक्ति स्वतन्त्रता सबैलाई भएको र हामीले भनाएको ब्यबस्थामा बोल्न पाईन्छ भन्दै भाषण गरेका झाक्रीलाई आज उनकै निबासबाट पक्राउ गरिएको हो ।

यसअघि महाशाखाले झाँक्रीलाई सोधपुछका लागि बोलाएको थियो, तर झाँक्रीले पक्राउ पूर्जीविना जान अस्वीकार गरेकी थिइन् । महाशाखाले राज्यविरुद्धको कसूरमा अनुसन्धान गर्न भनी झाँक्रीलाई पक्राउ पूर्जी पनि दिएको छ । त्यसकै आधारमा आज उनलाई घरबाट नै पक्राउ गरिएको हो ।

गोरखामा आयोजित एक कार्यक्रममा राष्ट्रपतिबारे गरेको टिप्पणीलाई लिएर नेकपा ओली समूहसम्बद्ध अखिल नेपाल महिला संघले रामकुमारीलाई कारबाही गर्न माग गरेको थियो । झाँक्रीलाई पक्राउ गर्न महाशाखाका डीएसपी दुर्गाराज रेग्मीको नेतृत्वमा दर्जन बढी प्रहरी अधिकारीहरु उनको निवासमा पुगेका थिए ।

झाँक्रीको पक्राउको विरोधमा उनको निवासबाहिर नेकपा प्रचण्ड(माधव समूहका धेरै कार्यकर्ता भेला भएका थिए । पक्राउ पर्नुअघि उनले सम्बोधन गर्दै आफू राज्यको कानुनको पालक भएको बताएकी थिइन् । महाशाखाका प्रमुख एसएसपी दीपक थापाले अखिल नेपाल महिला संघले दिएको उजुरीका आधारमा झाँक्रीलाई नियन्त्रणमा लिइएको बताईएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार