धनगढी, माघ २२ ।

दुई भारतीय नागरिकले कञ्चनपुरमा एक घरका सबै सदस्यहरुलाई बेहोस बनाएर लुटपाट गरेका छन् । जिल्लाको भीमदत्त नगरपालिका–३ को शुभप्रभात टोलका स्थानीय सन्तोश पाण्डेका परिवारका सबै सदस्यलाई बेहोस बनाएर शुक्रबार राति घरमा लुटपाट भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ताप्रहरी नायब उपरीक्षक(डीएसपी) चक्रबहादुर शाहले पाण्डेका अनुसार घरमा दुई दिन अगाडि मात्र कोठा भाडा लिएर बस्दै आएका दुई जना भारतिय नागरिकले सबैलाई बेहोस बनाएर लुटपाट गरिएको जानकारी दिए ।
‘दुई दिनअघि मात्र उहाँको घरमा कोठा भाडा लिएर बस्ने गरेका दुई जना भारतीय नागकिरले शुक्रबार राति श्रीमतीको जन्मदिन परेको भन्दै मिठाइ र केक खुवाउनुभएको रहेछ,’ डीएसपी शाहले संचारमाध्यमसंग भने, ‘तर पिठाइ र केकमा नसालु पदार्थ खुवाएर घरका सबै सदस्यलाई बेहोस बनाएर लुटपाट भएको देखिन्छ ।’
शाहका अनुसार पाण्डे, उनकी श्रीमती कमला, २० वर्षीया छोरी सोना, १८ वर्षीय छोरा सन्दिप र १४ वर्षीय छोरा सुदिप बेहोस अवस्थामा घरमै भेटिएका थिए । उनीहरुको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ भने सबैको अवस्था सामान्य छ । अहिलेसम्म लुटपाट गर्ने भारतीयको पहिचान भने नखुलेको जिल्ला प्रहरी कार्यालय कंचनपुरले जनाएको छ ।



418 पटक हेरिएको 
















